धनगढी- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कैलाली जिल्ला कारागारमा भएका अधिकांश कैदी मतदान गर्न नपाउने भएका छन् । कारागारमा हाल भएका ३१५ कैदीमध्ये मतदाता नामावली भएका ३४ जनाले मात्रै मतदान गर्न पाउने जिल्ला कारागारले जनाएको छ ।
अस्थायी मतदान केन्द्रबाट सामानुपातिक मतदानको अधिकार दिइएपछि पहिलो पटक कैदीले पनि मतदान गर्न पाउँदैछन् । कैदीहरुले कारागारकै अस्थायी मतदान केन्द्रमा मतदान गर्ने जिल्ला कारागार कैलालीका जेलर वीरेन्द्र बोहराले बताए ।
जिल्ला कारागारमा बच्चासहित ४० महिला र पाँच सय ७५ पुरुष कैदी छन्। लामो समयदेखि कारागारमा रहेकाहरुले अधिकांशले मतदाता नामावलीमा नाम दर्ता गर्न नपाएका हुन् ।
प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि धनगढीसहित आठ स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गर्ने जनाएको छ ।














