काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ । सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक/दुई स्थान-हरूमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । सोमबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।













