धनगढी- नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका जिल्ला सम्मेलन २० गते भित्र सक्न निर्देशन दिएको छ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति पदाधिकारीको धनगढीमा बसेको बैठकले प्रदेशका नौ वटै जिल्ला अधिवेशन गरिसक्न सबै जिल्लालाई निर्देशन दिएको हो ।
जिल्ला सम्मेलन सम्पन्न गरी प्रदेश कार्यसमितिलाई जानकारी गराउन समेत अनुरोध गरेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले जानकारी दिएका छन् । साथै प्रदेश समितिले जिल्ला सम्मेलन सकेका डोटी र कैलालीमा जिल्ला समितिलाई धन्यवाद समेत दिएको छ ।
















