• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

बिरामीको आकर्षण बन्दै सेती प्रादेशिक अस्पताल

  •   शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित

धनगढी- आफैँ बिरामी जस्तो अवस्थामा रहेको सेती अञ्चल अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका रूपमा विकास गरेपछि यस अस्पतालको मुहार फेरिएको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका जनताको स्वास्थ्य उपचारसँग जोडिएको सेती प्रादेशिक अस्पतालले हरेक वर्ष सेवासुविधा बढाएसँगै उपचारमा आउने बिरामीको सङ्ख्यासमेत बढ्दै गएको छ।

विसं १९९७ मा स्थापना भई १५ शय्याबाट उपचार सेवा सुरु गरेको सो अस्पताल २०४० सालमा अञ्चल अस्पतालका रूपमा ४० शय्यामा विस्तार भएको थियो। २०६१ सालमा ५० शय्या र अस्पताल विकास समितिबाट ७५ शय्या गरी १५० शय्या पु(याएर सेवा विस्तार भएको देखिन्छ।

अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले २०७६ साल भदौ ५ गते सेती प्रादेशिक अस्पताल भएसँगै हाल ३५० शय्याबाट सेवा दिइरहेको बताए । अस्पतालले उपचार सेवा विस्तारका साथै विज्ञ चिकित्सक भित्र्याएपछि बिरामीको चाप पनि बढेको छ। सूचना अधिकारी उपाध्यायका अनुसार अहिलेसम्म प्रदेश सरकारको सहयोगमा अस्पतालमा कार्डियोलोजी, न्युरोलोजी, युरोलोजी, डाइग्नोसिस, कोलोनेस्कोपी, कोभिड टेस्टका लागि पिसिआर ल्याब, माइक्रोबायोलोजीलगायतका सेवा प्रदान गरिएको छ।

गत पुसमा प्रदेश सरकारकै सहयोगमा सिटी स्क्यान सेवासमेत विस्तार गरिएको छ। सात करोड रुपियाँभन्दा बढीको लागतमा अस्पतालले सिटी स्क्यान मेसिन खरिद गरेको हो। सूचना अधिकारी उपाध्यायले एमआरआई सेवा पनि केही समयपछि दिने गरी मेसिन खरिद प्रव्रिmया अगाडि बढेको जानकारी दिए ।

सरकारी अस्पतालमा सुविधा नहुँदा यहाँका बिरामीले महँगो शुल्क तिरेर निजी अस्पतालमा सिटी स्क्यान, एमआरआईलगायतका परीक्षण गराउनुपर्ने बाध्यता थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले उपचार नपाएर भारत तथा नेपालगन्ज, काठमाडौँ धाउनुपर्ने बाध्यतालाई सेती प्रादेशिक अस्पतालले अन्त्य गर्दै गइरहेको बताए ।

‘अस्पतालको भौतिक संरचना र जनशक्ति अभावले उपचारमा आउने बिरामीलाई छिटोछरितो सेवा दिन सकिएको छैन,’ अध्यक्ष शाहले भने । अस्पतालको प्रसूति रहेको क्षेत्रमा दुई अर्ब रुपियाँको लगानीमा नयाँ भवन निर्माणका लागि नौतले भवनको विस्तृत योजना प्रतिवेदन ९डिपिआर० तयार भएको छ। बेसमेन्टसहितको सुविधासम्पन्न भवन निर्माणको प्रव्रिmयामा प्रदेश सरकार रहेको छ।

अहिले अस्पतालमा दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय जनाले उपचार सेवा लिँदै आएका छन्। वर्षमा तीनदेखि चार लाख जनाले उपचार सेवा लिएका जनाइएको छ। अध्यक्ष शाहले भने, ‘सेवा विस्तार भएसँगै अस्पताल बिरामीका लागि आकर्षणको केन्द्र भएको छ।’ हाल अस्पतालमा नेपाल सरकारको १०७ जनाको दरबन्दी र अस्पताल विकास समितिको ८६ जनाको स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ। ४७ जना मेडिकल अफिसरले विभिन्न विशेषज्ञ सेवा दिइरहेका छन्।

अस्पतालको अर्को ठुलो र महत्त्वपूर्ण काम अक्सिजन प्लान्ट खरिद गरी जडान गर्नु पनि हो। प्रदेशको सामाजिक विकास मन्त्रालयको करिब दुई करोड रुपियाँको लागतमा खरिद गरिएको अक्सिजन प्लान्ट जडान गरी उत्पादन गर्न सुरु गरिएको छ। अस्पताल परिसरमै निर्माण गरिएको प्लान्टबाट सबै वार्डमा पाइपमार्फत अक्सिजन पठाइएको छ भने नपुगेका वार्डका लागि सिलिन्डर भरिएको छ।

अस्पतालले नवजात शिशुका लागि एनआइसियु वार्ड र डायलासिस सेवा पनि दिइरहेको छ। विगतमा निजी संस्थाबाट सेवा पाइरहेका यहाँका बिरामीले हाल सेती प्रादेशिक अस्पतालबाट निःशुल्क डायलासिस सेवा पाइरहेका सो वार्डका इन्चार्ज सुनिता रानाले बताए ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले सेती प्रादेशिक अस्पतालमा हरेक वर्ष २५ देखि ३० करोड रुयियाँको हाराहारीमा बजेट छुट्याउने गरेको जानकारी दिए । गोरखापत्रबाट

  • सेती प्रादेशिक
शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

समाचार

सबै

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.