धनगढी- कैलालीको कैलारी गाउँपालिकाले पालिका भित्रका विद्यालयमा ५ दिन गर्मी बिदा दिने निर्णय गरेको छ ।आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जेठ २९ गते देखि असार १ गते सम्म बिदा दिने निर्णय गरेको हो ।
पछिल्लो समय अत्यधिक गर्मी बढेकाले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने देखिएकाले हिउँदे वा बर्से बिदाबाट मिलाउने गरि बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाले विद्यालयहरूमा दादुरा रुबेलाविरुद्धको खोप लगाइरहेकाले खोप कार्यक्रमलाई असर नपर्ने गरि पठनपाठन कार्य नगराउन अनुरोध गरेको छ ।















