• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

  •   बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित

बैतडी- बैतडीको दुर्गम सिगास गाउँपालिका–५ मा रहेको शारदा मावि ढुङगाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ। गत दुई हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए।

विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने समस्या देखा परेपछि पठनपाठन प्रभावित भएको छ। उनले भने, ‘विद्यार्थीमा विगत दुई हप्तादेखि रुने, कराउने र बेहोस हुने लक्षण देखा परेको छ। बढीजसो छात्रामा यो समस्या देखा परेको छ। विद्यालय समयमा यस्तो समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ।’

यो विद्यालय ५ वर्षअघि पनि विद्यार्थीहरूमा यस्तो समस्या देखा परेको थियो। त्यो वेला केही समयमै आफैं ठिक भए पनि हाल भने दुई हप्तासम्म पनि निको नहुँदा समस्या भएको विद्यालयले जनाएको छ। विद्यार्थीहरू बिहानको समयमा लाइनमा लागेका वेला र कक्षाकोठामा छात्राहरू बेहोस भएर ढल्ने गरेका छन्।

छात्राहरूमा रुने, कराउने र बेहोस हुने समस्या देखा पर्नुको कारण पत्ता लाग्न नसकेको र समस्या समाधानका लागि सिगास गापालाई खबर गरिएको प्रधानाध्यापक चन्दको भनाइ छ।

विद्यार्थीमा देखिएको समस्याबारे पालिकालाई जानकारी भएको र समस्या समाधानका उपाय खोजिने सिगास गापाका उपाध्यक्ष धाना धामीले बताइन्। उनले भनिन्, ‘विद्यालयले विद्यार्थीमा उक्त समस्या देखिएकोबारे पालिकालाई जानकारी गराएको थियो। त्यसपछि म आफैं उक्त विद्यालयमा पुग्दा पनि सोही समस्या देखियो। त्यसको समस्या समाधानका लागि पहल गर्छौं।’

यता स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले विद्यार्थीहरू रुने, कराउने, काँप्ने, बेहोस हुने समस्या मास हिस्टेरियाले हुने गरेको बताए।

उनले भने, ‘शुरुमा कुनै एक विद्यार्थी मास हिस्टेरिया भएको र त्यसपछि अरूमा पनि देखिएको हो। शुरुमा देखिएको विद्यार्थी पत्ता लगाएर उपचार गर्न सके समस्या समाधान हुन्छ।’

विद्यार्थीमा यस्तो समस्या देखिन थालेपछि जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठ केही दिन विद्यालय बन्द गर्न सुझाव दिन्छन्। उनले भने, ‘शुरुमा एक विद्यार्थीमा यस्तो समस्या देखिने र बिस्तारै अरूमा पनि यस्तो लक्षण देखिन थाल्छ, विद्यालय बन्द गरेर भए पनि नियन्त्रण गर्न सकिन्छ।’

बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

समाचार

सबै

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.