धनगढी- कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको गुहेश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा गणेशबहादुर साउँद निर्वाचित भएका छन् । बिहिबार भएको गोप्य मतदानबाट प्रतिष्पर्धी खडक दमाईलाई पराजित गर्दै साउँद निर्वाचित भएका हुन् ।
आम भेलाबाट आएका ४ जना, नगरपालिकाबाट पठाईएका २ जना र एक जना वडाध्यक्ष गरी ७ जना मध्ये १ जनालाई विद्यालयको अध्यक्ष बनाउने विषयमा सहमती जुट्न नसक्दा निर्वाचन गर्नुपरेको वडासदस्य गम्भिर साउँदले जानकारी दिए ।
लगातार सहमतीका लागि प्रयास थालिदा समेत सहमती जुट्न नसक्दा निर्वाचन प्रकृया मार्फत विद्यालयका अध्यक्षको टुंगो लगाईएको वडासदस्य साउँदले बताए ।













