• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

कालोपत्रे कमसल भएको आरोप, सडक अनुगमनको माग

  •   शुक्रबार, असार ०८, २०८० मा प्रकाशित

कैलाली- कैलालीको घोडाघोडी नगरपालिकामा निर्माण सम्पन्नको चरणमा रहेको सडकमा गरिएको कालोपत्रे कमसल भएको आरोप लगाउँदै स्थानीयले सडक अनुगमनको माग राखेका छन्।

घोडाघोडी नगरपालिका–४ स्थित सिम्थरीदेखि गैँडाखेडा जाने एक हजार ७२५ मिटर लामो सडकको कालोपत्रे तथा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दुई सय मिटर सडक कालोपत्रे हुन बाँकी रहँदा स्थानीय जनज्योति युवा क्लबले असार ४ गते वडा कार्यालयलाई सडक अनुगमनको माग राख्दै लिखित निवेदन दिएको छ।

वडा नम्बर ४ का पूर्ववडाध्यक्ष टेकबहादुर बुढाले आफ्नो कार्यकालमा टेन्डर भएर निर्माण सुरु भएको उक्त सडक ठेकेदारको लापरबाहीका कारण एक वर्षसम्म काम रोकेर चालु आर्थिक वर्षमा हतार हतारमा निर्माण हुन थालेको बताए । उनले सडकको सबै भाग बराबर नभएको, कालोपत्रे पातलो हालेको र त्यसमा पनि प्राविधिक बुटि गरी ठेकेदारले बदमासी गरेको आरोप लगाए । उनले प्राविधिकसहित सडक अनुगमनको खाँचो रहेको बताए ।

२०७४ सालमा टीकापुरको जयगौरी निर्माण कम्पनीका सञ्चालक तपेन्द्र शाहलाई छ महिनाभित्र निर्माण कार्य सक्ने गरी सो सडक कालोपत्रेको जिम्मा दिइएको थियो। जनप्रतिनिधि आइनसकेको तत्कालीन समयमा ठेक्का लिएका शाहले कोलोपत्रेका लागि बेस तयार गरेर काम अलपत्र छोडेका थिए।

करिब २८ लाख रुपियाँ पेस्की लिनुभएका शाहले लामो समय काम रोकेपछि नगरपालिकाले चार पटकसम्म म्याद थप गरेर निर्माण गर्न ताकिता गरेको थियो। पटक पटक म्याद थप गर्दा समेत ठेकेदारले वास्ता नगरेपछि आर्थिक वर्ष २०७७/७८ मा पुनः टेन्डर प्रक्रियाबाट धनगढीको टेडी निर्माण सेवा प्रालिका सञ्चालक डिलबहादुर ओलीले निर्माणको जिम्मा पाएका थिए।

घोडाघोडी नगरपालिका योजना शाखाका प्राविधिक नवीन मल्लले टेडी निर्माण कम्पनीले सिम्थरी–गैँडाखेडा सडक कालोपत्रे लगायत अन्य तीन ठाउँको सडक कालोपत्रेको जिम्मा पाएको बताए । उनका अनुसार सिम्थरी–गैँडाखेडा एक हजार ७२४ मिटर, डोकेबजार–देउकलिया एक हजार पाँच सय मिटर, पहलमानपुर डिभिजन वनदेखि बुलबुले जाने एक हजार पाँच सय मिटर र वडा नम्बर १ र ८ जोड्ने एक हजार ३८५ मिटर कालोपत्रे सडक निर्माणको जिम्मा टेडी निर्माण सेवाले पाएको छ।

२०७९ चैत मसान्तसम्म निर्माण गर्ने सम्झौता भए पनि आर्थिक वर्षभित्र पूरा गर्ने गरी म्याद थप भएको जनाउँदै इन्जिनियर मल्लले सबै सडक निर्माण ठेक्काको लागत रकम दुई करोड नौ लाख भएको बताए ।

कमसल सडक निर्माणको बारेमा भर्खरै मात्र जानकारी आएकाले एक दुई दिनभित्र सबै ठाउँमा पुगेर अनुगमन गर्नेसमेत मल्लले जानकारी दिए । निर्माण कम्पनीका सञ्चालक ओलीले कालोपत्रे सडक निर्माणकै क्रममा रहेको जनाउँदै कहीँ कतै कमी कमजोरी भएको छ भने सुधार गर्ने प्रतिबद्धता जनाए । गोरखापत्रबाट

  • कालोपत्रे कमसल
शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

समाचार

सबै

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.