धनगढी- कैलालीको गेटामा विश्वविद्यालय माग गर्दै अत्तरिया बसपार्कमा देउडा खेलिने भएको छ। गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिले आज (शनिवार) अत्तरिया बसपार्कमा देउडा खेलिने भएको हो।
संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले साँझ ५ बजे अत्तरिया बसपार्कमा देउडा खेलिने बताए। सघंर्षका कार्यक्रम अन्तरगत बृहत् देउडाबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिने छ।
देउडा गायकहरू दीर्घ राज फुलारा र गणेश विष्ट देउडा खेलमा हुने छन्। गेटामा सरकारले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ऐन निर्माण गर्नुपर्ने र ६ सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने माग गर्दै कैलालीमा आन्दोलन जारी रहेको छ।













