• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

कानुन विषय पढ्न विद्यार्थी आकर्षित, अध्यापन गराउने शिक्षक अभाव

  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित

भजनी- कैलालीको टीकापुरमा कानुनतर्फ ‘बिएएलएलबी तह’को अध्यापन सुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसले कानुनको अध्यापन गराउन तीन वर्षमै अध्ययनरत विद्यार्थीलाई अन्य क्याम्पसमा पठाउनुपर्यो । कारण हो, जनशक्ति नपाउँदा ।

क्याम्पसले ‘एलएलएम’ तह उत्तीर्ण शिक्षकका लागि पटक–पटक सूचना जारी गर्दा पनि दर्खास्त नपरेपछि कानुन विषयलाई नै रोक्नुपर्यो । अध्ययनका लागि आएका बिद्यार्थीलाई कैलाली बहुमुखी क्याम्पस धनगढी र सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर पठाउनुपर्यो ।

“एलएलएम पास गरेको व्यक्ति टीकापुर आएर बस्न चाहँदैनन् । हामीले धेरै मेहनत गर्दा पनि जनशक्ति पूरा गर्न नसकेकै कारण विद्यार्थी अन्य क्याम्पसमा सार्नुपरेको थियो”, क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख केशरबहादुर कुँवरले भने, “सकभर जनशक्ति नै नपाइने, पाइए पनि अध्यापनका लागि मात्रै टीकापुर आउन कोही नमान्ने । शिक्षक नै नपाएपछि अन्तिममा पढाइ नै बन्द गर्नुपरेको हो ।” उसो त कानुन विषयमा विद्यार्थीको चासो बढ्दै गएपछि केही विद्यालयले कानुनको अध्यापनलाई जोड दिएका छन् ।

माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षाको नतिजा सार्वजनिक भएपछि अहिले कक्षा ११ मा विद्यार्थी भर्नाका लागि निकै अस्वस्थ प्रतिस्पर्धा चलिरहेका बेला विद्यालयको दक्ष जनशक्तिमा पनि प्रश्न उठ्न थालेको छ । कक्षा ११ मा अध्यापन गराउने शिक्षकको योग्यता सम्बन्धित विषयमा स्नातकोत्तर तहसम्मको हुनुपर्छ । कानुन विषयको अध्यापनका लागि एलएलएम उत्तीर्ण जनशक्ति चाहिन्छ । टीकापुरमा त्यो जनशक्ति छैन । कक्षा ११ बाट अध्ययन अध्यापन गराउँदै आएका विद्यालयले बिएलएलबी वा बिएलसम्मको अध्ययन गरेको जनशक्तिलाई व्यवस्थापन गरेको पाइन्छ ।

टीकापुरमा तीन कलेजमा कानुन विषयको अध्यापन हुँदै आएको छ । वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा बिएल गरेको शिक्षकले अध्यापन गराउँदै आएका छन् । विद्यालयका प्रधानाध्यापक फणेन्द्रराज रेग्मीले ११ कक्षादेखि माथिल्लो कक्षामा अध्यापनका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेका शिक्षक व्यवस्थापन गरिनुपर्ने बताए। उनका अनुसार विद्यालयमा कानुन विषयको दक्ष जनशक्ति छैन ।

“कानुनका लागि एलएलएम गरेको जनशक्ति चाहिने हो, त्यो छैन । हाम्रोमा बिएल गरेको जनशक्तिबाट अध्यापन हुँदै आएको छ”, उन भने, “कानुनमा बिएल पास र अन्य विषयमा स्नातकोत्तर गरेको जनशक्ति हाम्रोमा छ । आवश्यक जनशक्ति टीकापुरमा छैन । अन्य विद्यालयले पनि बिएल र एलएलबी पास गरेको जनशक्तिबाट अध्यापन गराउँदै आएका छन् ।”

यसैगरी सगुन विद्या निकेतनमा पनि लामो समयदेखि कानुनको अध्ययन–अध्यापन हुँदै आएको छ । त्यहाँ पनि कानुनको दक्ष जनशक्ति छैन । अहिले त्यहाँ बिएएलएलबी पास गरेका शिक्षकलाई नियुक्त गरेर कानुनको अध्यापन गराउँदै आएको छ । विद्यालयका प्राचार्य अशोक पाण्डेका अनुसार विद्यालयमा एलएलबी पास गरेका दुई शिक्षक नियुक्त भएका छन् ।

“अन्य विद्यालयमा पनि तपाईँले भनेअनुसारको जनशक्ति छैन । हाम्रोमा पनि छैन”, पाण्डेले भने, “एलएलबी पास गरेको जनशक्तिले कानुनको अध्यापन गर्न सक्छ । त्यसैअनुसार हामीले पनि दुई वर्षदेखि त्यसैगरी विद्यार्थीलाई अध्यापन गराउँदै आएका छौँ ।”

न्यूलाइट एजुकेसनमा पनि कानुनको अध्यापन हुँदै आएको छ । तर त्यहाँ विद्यार्थी सङ्ख्या कम हुँदा कक्षा सञ्चालन भने हुनसकेको छैन । विद्यालयमा कानुन विषयको अध्ययनका लागि आउने विद्यार्थीको सङ्ख्या कम भएपछि ती विद्यार्थीलाई अन्य विद्यालयमा सिफारिस गर्दै आएको बताउँदै विषय भएर पनि सञ्चालन भने हुन नसकेको विद्यालयका प्राचार्य जयकृष्ण तिमिल्सिनाले जानकारी दिए ।

“अहिलेसम्म आवश्यक विद्यार्थी कोटा नपुग्दा कानुनको पढाइ सञ्चालन गर्न सकिएको छैन । कानुन विषयको महत्त्व नबुझेर पनि विद्यार्थी कानुनतर्फ आकर्षित हुनसकेका छैनन् । अभिभावकले बुझेका छैनन्”, उनी भन्छन्, “हामीले विद्यार्थी सङ्ख्या पुगेको स्थितिमा पढाइ सुरु गरे पनि आउने शिक्षक भनेको बिएल गरेकोलाई ल्याउने हो । अब एलएलएम गरेको जनशक्ति देशमै कम छ । त्यो जनशक्ति टीकापुरमा आउन मान्दैन र आए पनि स्रोतले थेग्न सक्दैनौँ ।”

टीकापुर नगरपालिकालाई भने नगरपालिकाभित्रका कुन विद्यालयले कुन विषयको अध्यापन गराउँछ भन्ने जानकारी छैन । सामुदायिक विद्यालयको सबै तथ्याङ्क राखेको नगरपालिकासँग निजी तथा संस्थागत विद्यालयको तथ्याङ्क छैन । “कुन विद्यालयले कुन विषयको अध्यापन गराउँदै आएको छ भन्ने नगरपालिकासँग कुनै तथ्याङ्क छैन । आवश्यक भएपछि हामी त्यो रेकर्ड विद्यालयसँग माग्छौँ”, नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले भने, “दक्षताको कुरा गर्दा जुन विषयको विद्यालयले अध्यापन गराउँदै आएका छन्, त्यसैअनुसारको जनशक्ति चाहिन्छ ।”

उनका अनुसार कक्षा ११ मा कानुन विषयको अध्यापन गराउने विद्यालयले एलएलएम पास गरेको जनशक्ति अनिवार्य व्यवस्थापन गर्नुपर्ने बताए। शिक्षा अधिकृत अवस्थीले त्यसको जनशक्ति व्यवस्थापन हुन नसके सम्बन्धित विषयमा १० वर्षको अनुभव अनिवार्य चाहिने बताउँदै आगामी दिनमा विद्यालयको अनुगमन नगरपालिकाले गर्ने र शिक्षामा हुनुपर्ने कुरा नभएपछि त्यसतालाई कारबाहीको दायरामा ल्याउने बताए । रासस

  • कानुन विषय
शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

समाचार

सबै

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.