• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

महाकालीको चार लेन पुल निर्माण अन्तिम चरणमा

  •   आइतबार, साउन १४, २०८० मा प्रकाशित

कञ्चनपुर- महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पहुँचमार्गसँगै पुलको दुवैतर्फ पोखरी निर्माणको काम भइरहेको छ । दुवैतर्फ बन्ने पोखरीको गाइड बन्ड निर्माणाधीन अवस्थामा छ । अहिले गाइड बन्ड भरानको काम सकिएर नदीतर्फको भागमा प्लम कंक्रिट (डुंगा र कंक्रिट मिसाएर बनाइने ब्लक) राख्ने काम भइरहेको महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेले बताए ।

‘अहिले बर्खाका कारण काम बन्द भएको छ, साउन १५ पछि सुरु हुन्छ,’ पाण्डेयले भने, ‘दुवैतर्फको पोखरीको गाइड बन्ड भरानको काम सकिएको छ, प्लम कंक्रिट राख्न मात्रै बाँकी छ ।’ प्लम कंक्रिट पनि आधा भागसम्म राखिसकिएको उनको भनाइ छ ।

पुलको दुवैतर्फ निर्माण हुने २६/२६ सय मिटर लम्बाइका पोखरीका लागि गाइड बन्ड (बाँध) निर्माण गर्नुपरेको हो । बाँधमा पोखरीतर्फ ग्राभेल मात्रै रहने र नदीतर्फको भागमा कटान रोक्न प्लम कंक्रिट राख्ने काम भइरहेको इन्जिनियर पाण्डेयले बताए । यसअघि उक्त भागमा २५० किलोभन्दा बढी तौलका ढुंगाको गाइड बन्ड बनाउने डिजाइन गरिएको थियो । ठूलो ढुंगा नभेटिएर काम प्रभावित भएपछि डिजाइन परिवर्तन गरिएको हो ।

अहिले ग्राभेलको बाँध बनाएर नदीतर्फ प्लम कंक्रिट राखिएको संरचनाले महाकालीको बहाव धान्न सक्छ वा सक्दैन भन्ने विषयमा पनि स्थानीयमा चासो बढेको छ । दुई वर्षअघि महाकालीमा भीषण बाढी आउँदा पुलको पहुँचमार्ग भत्काएको थियो ।

त्यतिबेला महाकालीमा पानीको बहाव सय वर्षयताकै बढी ५ लाख ४७ हजार क्युसेक पुगेको थियो । नदी बस्ती पसेको थियो । त्यतिबेला गाइड बन्ड निर्माण भएको थिएन । प्लम कंक्रिटसहितको बाँधले ५ लाख ८५ हजार क्युसेकसम्मको बहाव धान्न सक्ने निर्माण कम्पनीका इन्जिनियर पाण्डेय बताउँछन् । नदी पनि अहिले पूर्वबाट पश्चिमतर्फ सरिरहेको छ ।

‘नदी पुलको बीचभागमा पुगे दुवैतर्फ सुरक्षित हुन्छ, यो बाँध पनि कमजोर छैन,’ उनले भने, ‘दुई वर्षअघि जस्तै बाढी आए पनि थेग्न सक्छ ।’ २६ सय मिटर लम्बाइको बाँधको उचाइ ७ मिटर छ । गड्डाचौकीदेखि दोधारा चाँदनीको मलेरिया नालासम्मको पुलसहितको ८ किलोमिटर पहुँचमार्गमध्ये अब १७ सय मिटरमा मात्रै कालोपत्रको काम गर्न बाँकी छ । गाइड बन्डसँगै पोखरीभित्रका अन्य संरचना निर्माणको काम सकिएपछि कालोपत्र थालिने निर्माण कम्पनीले जनाएको छ ।

पुलको दुवैतर्फको भागमा कालोपत्र गर्न बाँकी छ । महेन्द्रनगरतर्फको भाग दुई वर्षअघि महाकालीको बाढीले बगाएको थियो । पुनः भरान गरेर कालोपत्रका लागि तयार पारिएको छ । तीन वर्षअघिदेखि नै पुलमा आवागमन चलिरहेको छ । पुलमै निर्माणको काम चलिरहेका बेला केही अवरोध हुने भएपछि अन्य समयमा भने दोधारा चाँदनीवासीका लागि पुलले निकै राहत पुर्‍याएको छ । महाकालीपारिको बस्तीलाई यही पुलले सडक सञ्जालसँग जोडेको छ ।

चार लेनको पक्की पुललाई दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पनि हेरिएको छ । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला सुक्खा बन्दरगाहको काम तीन वर्षभित्र सक्ने सम्झौता भएको छ । भारतले निर्माण गर्ने सुक्खा बन्दरगाहको डीपीआर निर्माणको अन्तिम चरणमा छ ।

सुक्खा बन्दरगाह निर्माणपछि दोधारा चाँदनीसँगै सुदूरपश्चिमकै आर्थिक विकासमा ठूलो फाइदा पुग्ने राजनीतिक दलका नेता र व्यवसायीले बताउँदै आएका छन् । अहिले वीरगन्ज र भैरहवा हॅुँदै नेपाल भित्रिएर आइरहेको मालसामान तथा कच्चापदार्थ दोधारा चाँदनीबाट भित्रिँदा दूरी आधा घटेर ढुवानी भाडासमेत कम हुने व्यवसायीको भनाइ छ । कान्तिपुरबाट

 

  • महाकालीको चार लेन पुल
आइतबार, साउन १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

समाचार

सबै

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.