• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

बाजुरामा बाढी र पहिरो, कैयौं परिवार विस्थापित

  •   आइतबार, साउन १४, २०८० मा प्रकाशित

बाजुरा- लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिराका कारण केही बस्ती जोखिममा परेका छन् । बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार, रङ्गमल सुनार, शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्णरूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतले वर्षाले हिमाली–३ युना र बौडीका पाँच घर भत्केको बताए। वर्षाले बौडीका पेमा कार्की, पदम कार्की, कृष्ण कार्की, दावा थापा र सोनाम थापाको घर भत्किएका छन् ।

युनाका १३ परिवार बाढी र पहिराको जोखिममा रहेको प्रहरीले जनाएको छ । बौडीका पाँच परिवार गुम्बामा बसोबास गर्दै आएकाले मानवीय र पशु चौपायाको कुनै क्षति नभएको प्रहरी निरीक्षक कठायतको भनाइ छ । वर्षाका कारण पूर्णरूपमा क्षति भएका युनाका परिवार युना आधारभूत सहरी स्वास्थ्य केन्द्रमा बस्दै आएका छन् । घर वरिपरि चिरा परेको र घरभित्रबाट पानी निस्केर बग्न थालेपछि उनीहरू विस्थापित भएका हुन् ।

गौमुलका पाँच परिवार विस्थापित

लगातारको अबिरल वर्षाका कारण गौमुल गाउँपालिका–३ बेहरी ढल्काँडाका पाँच परिवार विस्थापित भएका छन् । विस्थापित भएका पाँच परिवार आफन्तको घरमा बसेका छन् । अन्य आठ घर जोखिममा रहेको प्रहरी निरीक्षक कठायतले बताए। घर माथिबाट पहिरो आएको र तलबाट नदीले कटान गर्न थालेपछि उक्त बस्ती जोखिम बढेपछि ती परिवार पूर्णरूपमा विस्थापित भएका छन् ।

बाजुरा बाढी पहिराका लागि उच्च जोखिममा पर्ने जिल्ला हो । साविक २७ गाविसमध्ये १६ बढी गाविसको मानव बस्ती सार्नुपर्ने भू–गर्भविद्ले सुझाव दिएका जनाइएको छ । यही सिफारिसका आधारमा विसं २०७२ मा एकीकृत बस्ती विकासको परीक्षणका लागि रु ७४ करोड रकम पनि विनियोजन गरिएको थियो । हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुनसकेको छैन ।

जिल्लाका दुई हजार बढी परिवार अहिले उच्च जोखिममा देखिन्छन् । वर्षात्का अधिकांश रात ननिदाएरै सुत्नुपर्ने अवस्था यहाँका स्थानीयको छ । भिरालो र पाखो जमिन, चारैतर्फबाट पहिराको डर र बेला–बेलाको भूकम्पले चिराचिरा परेका जमिन र घर झनै जोखिम रहेको स्थानीय बताउँछन् । पहिराको प्रकोपबाट उच्च जोखिममा दर्जनौँ बस्ती रहे पनि पालिकास्तरीय विपद् जोखिम व्यवस्थापन समितिले दीर्घकालीन योजना भने बनाएको देखिँदैन ।

बाढी र पहिराबाट दर्जनौँ बस्तीका स्थानीय विस्थापित हुने र जोखिममा पर्ने गरेका भए पनि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी कार्ययोजना बनाएका छैनन् । विपद्मा के गर्ने भन्ने कार्ययोजना नबन्दा उनीहरूलाई राहत र उद्धारकार्यमा समस्या हुने गरेको छ । रासस

  • बाढी र पहिरो
आइतबार, साउन १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

समाचार

सबै

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.