धनगढी- लाभको पद लिएकाहरूले पार्टीलाई बुझाउनु पर्ने लेबी नतिरे कैलालीमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकरण नगरिने भएको छ । नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद ७ को २३ (५) ६ (क, ख, ङ) अनुसार सार्वजनिक लाभको पदमा रहेका क्रियाशील सदस्यले लेबी रकम पार्टीलाई नबुझाए क्रियाशील सदस्यता नवीकरण नहुने भएको हो ।
२०८० असार मसान्तसम्मको लेबी रकम बुझाएको प्रमाण पेश नगराएमा क्रियाशील सदस्यता नवीकरण नगर्न/नगराउन निर्देशन गरिएको नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए ।
नेपाली काँग्रेसका सभापति नारायण दत्त भट्टद्वारा हस्ताक्षर गरिएको क्रियाशील नवीकरण गराउने थप विधि तथा प्रक्रिया सम्बन्धमा क्षेत्रीय कार्यसमिति मार्फत हरेका तहमा सर्कुलर जारी गरिएको छ ।
















