• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

बर्खामा निकुञ्जको गस्तीमा हात्तीकै भर

  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित

कञ्चनपुर- बर्खायाममा जंगलभित्र हिँडेरै जान सकिँदैन । जताततै हिलो र बिग्रिएका बाटोमा गाडीहरू चलाउन सकिने अवस्था हुँदैन । घनाजंगल त छँदै छ, फाँटहरूमा घाँस बढेर बाटो नै पहिल्याउन गाह्रो हुन्छ । यस्तो बेला जंगलमा सुरक्षा गस्ती तथा अत्यावश्यक कामका लागि आउजाउ गर्न हात्ती नै सुरक्षित र उपयुक्त माध्यम हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बर्खायाम लागेपछि अहिले हात्तीकै भरमा गस्ती भइरहेको छ । महाकाली किनारदेखि चौधर र सुनवरा किनारसम्मै चारैतिर हात्तीबाटै गस्ती हुने गरेको छ ।

‘आवश्यकताअनुसार नियमित रुपमा पनि गस्ती हुन्छ, कहिलेकाहीँ दुई–तीन दिन बिराएर पनि गस्ती हुन्छ,’ निकुञ्जको पिपरैयास्थित हात्तीसारका दरौगा शिवदत्त चौधरीले भने, ‘बिहान घाँस काट्नेदेखि हात्ती चराउन लैजाँदा पनि गस्तीजस्तै हो ।’ बर्खामा पर्यटक नआउने र निकुञ्जभित्र पनि सफारी बन्द हुने भएकाले हात्तीहरू गस्तीमै प्रयोग हुने गरेका हुन् ।

निकुञ्जभित्र गस्तीमात्रै होइन, वन्यजन्तुको अनुगमन तथा रेखदेख पनि अहिले हात्तीबाटै हुन्छ । हिँडेर जान नसकिने तथा साइकल नजाने ठाउँमा हात्तीबाटै गस्ती हुने गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए ।

‘हरेक पोस्टबाट दिनमा तीनवटा गस्ती हुन्छ, हिँडेर, साइकलबाट र हात्तीबाट,’ सहायक संरक्षण अधिकृत ऐरले भने, ‘हात्ती चराउन लैजाँदा पनि हामीले बाघ, गैंडा र मान्छेको मुभमेन्ट भएकै क्षेत्रमा लैजान भन्छौं ।’ उनका अनुसार निकुञ्जका विभिन्न क्षेत्रमा जासुसी क्यामेरा राखिएका छन् । जासुसी क्यामेराको अनुगमन निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्ज प्रशासनले संयुक्त रुपमा गर्दै आएको उनले बताए ।

निकुञ्जको पश्चिमी र दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको छ । उक्त क्षेत्रमा नियमित रुपमा गस्ती गरिराख्नुपर्ने हुन्छ । अहिले हिँडेर वा गाडीबाट उक्त क्षेत्रमा पुग्न सकिँदैन । यसका लागि हात्ती नै भरपर्दो माध्यम हुन पुगेको छ ।

३०५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको निकुञ्जको पूर्वी क्षेत्रमा मालुमेलाबाट, दक्षिणी क्षेत्रमा शुक्लाफाँटा पोस्टबाट र पश्चिमी क्षेत्रमा हात्तीसार पोस्टबाट गस्ती गरिँदै आएको छ ।

बिहान घाँस काट्न जाँदा होस् वा दिउँसो चराउन लैजाँदा, वन्यजन्तु वा मानव गतिविधि देखिएमा तत्काल निकुञ्ज प्रशासनमा जानकारी गराउनुपर्ने हुन्छ । यसबाहेक आकस्मिक केही घटना वा गतिविधि देखिएमा त्यहिअनुसार गस्ती बढाउनुपर्ने हुन्छ ।  बर्खायाममा गस्तीका लागि मात्रै होइन, अन्य समयमा पनि बाघ, गैंडा र बाह्रसिंगालगायत वन्यजन्तु र चराचुरुंगीको अनुगमन, गणनाका लागि पनि हात्ती अत्यावश्यक हुन्छ ।

वन्यजन्तुको उद्धारका लागि पनि हात्ती आवश्यक पर्छ । पछिल्लो समय बेलौरी नगरपालिका–८ खप्टी नालामा बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको घटनामा बाघलाई नियन्त्रणमा लिन हात्ती परिचालन गरिएको थियो । निकुञ्जभित्र पर्यटकका गाडीहरू फसेमा वा निकुञ्ज प्रशासनकै गाडी फसेमा पनि हात्ती प्रयोग गरी निकाल्ने गरिएको छ ।

निकुञ्जमा अहिले १० हात्तीको दरबन्दी छ । तर, वयस्क हात्ती ६ वटा मात्रै छन्, जसमध्ये तीनवटा हात्तीसारमा, दुईवटा शुक्लाफाँटा पोस्टमा र एक मालुमेला पोस्टमा रहेको छ । गत वर्ष पुसमा चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको नारायणकलीले अहिले छावा जन्माएको छ । चितवनबाट ल्याउँदा पनि एक छावा थियो । उक्त छावा अहिले अढाई वर्ष पुग्नै लागेको छ ।

दुई महिनाअघि मात्रै अर्को छावा जन्माएको हात्तीसारका दरौगा चौधरीले बताए । ‘चितवनबाटै ल्याइएको छावालाई अब तालिम दिने बेला भएको छ,’ दरौगा चौधरीले भने, ‘अब असोज–कात्तिकमा तालिम दिन्छौं ।’ कान्तिपुरबाट

 

  • हात्तीकै भर
शनिबार, साउन २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

समाचार

सबै

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.