काठमाडौं- गृह मन्त्रालयले अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ। अछामका उपसचिव शरदकुमार पोखरेलले जिम्मेवारी पाएका हुन्।
यसअघि उपसचिव पोखरेल मुगु र दार्चुलाको प्रजिअ भइसकेको अनुभव उनीसँग छ । अछामका सीडीओ शिवराम न्यौपानेले स्वास्थ्य समस्याका कारण मन्त्रालयमा सरुवा मागेपछि गृहमन्त्रालयले पोखरेललाई त्यहाँ पठाएको हो।















