धनगढी- कैलालीको कैलारी गाउँपालिकाका एक सय ५० भन्दा धेरै घर डुबानमा परेका छन् । कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष दीपेन्द्र बमले भुइयाँफाँटा, रामपुर, वसन्ता, नारायणपुर लगायतका बस्तीमा डुबान हुँदा एक सय ५० घरपरिवार विस्थापित भएको जानकारी दिए ।
बाढीबाट विस्थापित भएकाहरू अहिले विद्यालयमा बसिरहेको उनले बताए ।















