• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

कैलालीका सामुदायिक वनमा संस्थागत अतिक्रमण बढ्दै

  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित

कैलाली- कैलालीका अधिकांश सामुदायिक वनमा पछिल्लो समय अवैध रूपमा संरचना निर्माण कार्य बढ्दै गएको छ । सम्बन्धित सामुदायिक वनले आफ्नो वनको प्रयोजनका लागि बाहेक अन्य संरचना निर्माण गर्न नपाउने कानुनी प्रावधान भएपनि विभिन्न सङ्घसंस्था लगायत सरकारी कार्यालय, वडा कार्यालयहरू समेत सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएका छन् ।

घोडाघोडी नगरपालिका वडा नम्बर २ मा रहेको मोहन्याल सामुदायिक वनमा अहिले दुई वटा भवन निर्माण हुँदैछन् । एउटा भवन दलित सङ्गठन नगर समिति र अर्को अपाङ्ग सङ्घ नगर समितिले भवन निर्माण सुरु गरेको हो ।

उक्त सामुदायिक वनका अध्यक्ष तेजराम चौधरीले सामुदायिक वनकै कार्यालय र हल निर्माण गर्ने निर्णय भएको बताएपनि कानुन सम्बद्ध अरूलाई भवन बनाउन दिने निर्णय गर्न नमिल्ने भएपछि सामुदायिक वनकै प्रयोजनमा निर्णय गरिएको बताए ।

उपभोक्ताहरूकै सङ्घसंस्था भएकाले सामुदायिक वनको प्रयोजन देखाइएपनि सङ्घसंस्थाको भवन बन्न थालेको एक उपभोक्ताले बताए । त्यसैगरी, घोडाघोडी सामुदायिक वनमा समेत गत वर्ष आधारभूत स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । त्यसैको नजिक यो वर्ष मजदुर सङ्गठनको पक्की भवन निर्माण भएको छ ।

यी त एक दुईवटा सामुदायिक वनका उदाहरण मात्र हुन् । कैलालीमा पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गत रहेका ३१३ सामुदायिक वनमध्ये राजमार्गसँग जोडिएका, बजार क्षेत्र नजिक रहेका वनक्षेत्रमा सामुदायिक वनका भवनबाहेक सरकारी भवन तथा विभिन्न सङ्घसंस्थाका भवन बन्नेक्रम बढ्दै गएको देखिन्छ ।

साँडेपानी सब-डिभिजन वन कार्यालयका प्रमुख गौचरण चौधरीले मोहन्याल सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनको लागि भवन निर्माणको समितिको निर्णय सहित जानकारी गराएको उल्लेख गर्दै सङ्घसंस्थाको नाममा भवन निर्माण भइरहेको जानकारी नहुने गरेको बताए ।

२०७४ सालको स्थानीय चुनावपछि धेरै नगरपालिका तथा वडाका भवनसमेत सामुदायिक वनको जग्गामा बनेको बुझिन्छ । डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत सुरेन्द्र कठायतले सामुदायिक वन उपभोक्ता समितिको बाहेक कुनैपनि संरचना कानुन सम्बन बनाउन नमिल्ने बताए । उनले सरकारी भवनसमेत सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाएको उल्लेख गर्दै विद्यालय भवन, सामाजिक सङ्घसंस्था, वडा कार्यालय वनको जग्गामा बनेको बताए ।

‘राज्यकै एउटा अङ्ग अर्को अङ्गसँग लड्नुपर्ने जस्तो काम भएको छ । नेपाल सरकार वन मन्त्रालयले भोगाधिकार दिएको बाहेक वन क्षेत्रमा बनेका संरचना अवैधानिक तवरले बनेका छन्,’ वन अधिकृत कठायतले भने । उनले हालैमात्र सबै सामुदायिक वनलाई सामुदायिक वनको जग्गामा बनेका संरचनाको बारेमा तथ्याङ्क पठाउन पत्राचार गरिएको समेत जानकारी दिए ।

यता डिभिजन वन कार्यालय कैलालीका डिभिजन प्रमुख केशव पराजुली समेत पछिल्लो समय संस्थागत संरचना निर्माणले सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण बढ्दै गएपनि यकिन तथ्याङ्क नभएको स्विकारे । कानुनी रूपमा संरचना निर्माण गर्न नपाउने भएपछि सरकारी भवन, सङ्घसंस्थाका भवन निर्माण समेत सामुदायिक वन उपभोक्ता समितिकै प्रयोजन राखेर निर्णय गरी बनाइने भएकाले पनि तथ्याङ्क उपलब्ध नभएको जनाइएको छ । गोरखापत्रबाट

  • अतिक्रमण बढ्दै
बुधबार, साउन २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.