• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दोदा नदीले सिमरी गाउँ डुबानमा, ४५ घरपरिवार विस्थापित

  •   बिहिबार, साउन २५, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको दोदा नदीका कारण सिमरी गाउँ डुबानमा परेको छ। चुरे भएर बग्ने दोदामा आएको बाढी पुनर्वास नगरपालिका– ५ सिमरी गाउँ पस्दा डुबान भएको हो।

कृष्णपुर नगरपालिका– २ खल्लागोठ हुँदै लालझाडी, बेलौरी, पुनर्वास हुँदै भारतीय दुधुवा नेसनल पार्कमा मिसिने दोदा नदी सिमरी क्षेत्रमा समथर भाग भएकाले गाउँ पसेको स्थानीयले बताएका छन्। स्थानीय एवं पुनर्वासका सञ्चारकर्मी किशोर तामाङले उत्तर भएर दक्षिणतर्फ बग्ने नदी सिमरी गाउँमा पुग्दा समथर भएकाले दक्षिणतर्फ आउँदा गाउँ डुबानमा पर्दै आएको बताए।

‘दोदा नदीमा पानीको सतह वृद्धि भएपछि सोझै सिमरी गाउँसहितका आसपासका बस्ती डुबानमा पर्दै आएका छन्,’ उनले भने, ‘नदी गाउँ पस्दा हुलाकी राजमार्गसमेत अवरुद्ध भई आवातजावतमा समेत प्रभाव पर्दै आएको छ, अब यसको विकल्प खोज्नुपर्छ ।’ बुधबार सिमरी गाउँका ४० र रातोखालेका पाँच परिवार विस्थापित भएका छन्।

पुनर्वास नगरका मेयर तोयाप्रसाद शर्माले दुवै गाउँमा नदी पस्दा विस्थापित भएको बताए। मेयर शर्माका अनुसार विस्थापितका लागि सुरक्षित आवासदेखि खाद्यान्नको प्रबन्ध गरिएको छ। ‘हिजोभन्दा आज पानी घटिरहेको छ,’ उनले भने, ‘नदीमा पानीको सतह बढे जोखिम बढ्छ, घटे घट्दै जान्छ। फेरि विस्थापित घर फर्किन्छन्।’

बाढीले मानवीय तथा भौतिक क्षति नभएको मेयर शर्माले बताए । नदी गाउँ पसेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितका स्थानीयले बाढी प्रभावित नागरिकको उद्धार गरेका छन्। प्रभावित मानिससहित उनीहरूको सरसामान सारिएको छ।

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति प्रेमबहादुर रावलले बाढी प्रभावित नागरिकलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको बताए। ‘हामीले उनीहरूलाई विपतको जोखिमबाट उद्धार गरेर सुरक्षित स्थानमा ल्याएका छौँ,’ उनले भने, ‘उनीहरू आफन्तको घरमा बसेका छन, पानी कम भए घर फर्किन्छन्।’

सशस्त्र प्रहरी संकटमा परेका मानिसको उद्धारदेखि अस्थायी तटबन्ध निर्माणमा खटिएको छ। शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुर बजारसमेत डुबानमा पर्दै आएको छ । स्थानीय अक्कल विष्टले सडक निर्माण गर्दा यसअघि निकास रहेको कल्भर्ट पुरिँदा बजार डुबानमा परेको बताए। उनले भने, ‘चुनावका वेला भोट माग्न आउँछन्, आज सिंगो बजार डुबानमा पर्दा कोही जनप्रतिनिधि आउँदैनन्। बरु डोजर लिएर आउँछन्।’

शुक्लाफाँटा नगरको वडा नम्बर १ का वडाध्यक्ष उत्तरदेव भट्टले स्थानीयले सडकको जमिन कब्जा गरेपछि डुबानको समस्या आएको आरोप लगाए। उनले स्थानीयले सडकको अतिक्रमण गरेको जमिन छाडे स्वतः डुबान समस्या हट्ने दाबी गरे। विभिन्न खोला नालाहरूमा आएको बाढीले चुरेदेखि तराईसम्मका उर्वराभूमि, तटबन्ध, कल्भर्टसहितका संरचना भत्काइदिएको छ ।

 

  • घरपरिवार विस्थापित
बिहिबार, साउन २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.