• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

वडाध्यक्ष नै ढुङ्गा तस्करीमा, तटबन्ध निर्माणमा अवरोध

  •   शुक्रबार, साउन २६, २०८० मा प्रकाशित

महेन्द्रनगर- वेदकोट नगरपालिका–४, मा पर्ने बगुन खोला तटबन्ध निर्माण कार्यमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेका छन्। अवैध ढुङ्गा सङ्कलन गरिएका ढुङ्गा खरिद गर्नुपर्ने मनसाय राख्दै वडाध्यक्षले नै करिब एक किलोमिटर तटबन्ध निर्माणको काममा अवरोध गरेको आरोप लागेको छ।

वडाध्यक्ष नरेन्द्रबहादुर बोहरा आफू पनि ठेकेदार हुनुहुन्छ। बोहराले विगतदेखि नै प्राकृतिक सम्पदाको दोहन गरेर लाभ लिँदै आएको आरोप स्थानीयवासीको छ। वडाध्यक्ष निर्वाचित भएपछि आफ्नो भाइलाई अगाडि सारेर उहाँले खोलाबाट ढुङ्गालगायत वस्तु निकाल्ने गरेको आरोप स्थानीयको छ।

“वडाध्यक्षले आफ्नो भाइको सहायताले ढुङ्गा तस्करी गरिरहेका छन्, सामुदायिक वनभर ढुङ्गा थुपारेको देख्न सकिन्छ,” स्थानीय रघुवीर भट्टले भने, “सबै जना वडाध्यक्षबाटै परिचालित हुन्” ढुङ्गा गिट्टी थुपार्ने र खोला बन्द भएको बेला बेच्ने वडाध्यक्ष बोहराको पुरानै धन्दा हो।”

उक्त आरोपका सम्बन्धमा वडाध्यक्ष बोहराले भन्नुभयो, “मैले त्यस्तो काम गरेको छैन, सबै काम भाइले गर्छ। के गर्ने ? कसरी चल्ने ? कि त घुस खान प(यो, कि केही काम गर्न प(यो भाइले ठेक्कापट्टालगायतका मेरो काम पनि हेर्ने गरेको छ।” तटबन्ध निर्माणको ठेक्का लिएको निर्माण कम्पनी एमडी ग्रुपले भने वडाध्यक्ष बोहराले आफूले जम्मा गरेको ढुङ्गा नकिनेका कारण तटबन्ध निर्माणको काममा अवरोध गरिराखेको आरोप लगाएको छ।

“हामीले काम गर्न खोज्दा वडाध्यक्षले प्रहरी लगाएर काममा अवरोध गराउँदै आएका छन्,” एमडी ग्रुपका सञ्चालक अमर मल्लले भने, “यसै खोलाको तटबन्धको काम गरिरहेका छौँ, अरूले ढुङ्गा उत्तिकै पनि उठाइरहेका छन्, विपत्को काम भएकाले यहीँको ढुङ्गा प्रयोग गर्न नदिने भन्नुहुन्छ।”

उनले ७० प्रतिशत काम पूरा भए पनि वडाध्यक्षको अवरोधले काम रोकिएको गुनासो गरे । वडाध्यक्ष बोहराले आफ्नो काममाथि अवरोध गरिरहेको मल्लको दुःखेसो छ।

वडाध्यक्ष बोहराले आफूले कुनै पनि ढुङ्गा सङ्कलन नगरेको बताए । विगतमा आफू ठेकेदार भए पनि अहिले जनप्रतिनिधि भएकाले ढुङ्गा सङ्कलन गरेर जम्मा नगरेको उनको भनाइ छ।

असार १ देखि बर्सातका कारण जिल्लाका नदी र खोलामा उत्खनन कार्य बन्द गरिएको छ तर वेदकोटको बगुन खोलामा गैरकानुनी दोहन भइरहेको छ। खोला नदीनाला बन्द गरिए पनि बगुन, साजगाडलगायतका खोला नदीमा गैरकानुनी रूपमा ग्राभेल, ढुङ्गा उत्खनन ९चोरी, तस्करी० भइरहेको हो।

ट्याक्टर धनी, ठेकेदारले वडाध्यक्षको संलग्नतामा नदी खोला अवैध ढुङ्गा सङ्कलन एवं नदी खोला दोहन गर्न लगाइरहेको आरोप स्थानीयको छ। पालिकाले टेन्डर खोलेर रोयल्टी सङ्कलन गर्दा मापदण्डविपरीत उत्खनन हुँदा खोला कुरूप बन्नेदेखि गाउँमा बाढी, विपत्का घटना हुन सक्ने सम्भावना बढेको छ।

वडाध्यक्ष बोहराले कुनै ठेकेदारलाई ढुङ्गा लैजान दिएको र कसैलाई रोकिरहेको स्थानीय बताउँछन्। “कटानीको उच्च जोखिममा रहेको यो ठगुरी टोलमा एमडी ग्रुप निर्माण सेवाले तटबन्ध निर्माण गरिरहेको थियो,” स्थानीय भानबहादुर महराले भने, “वडाध्यक्ष बोहराले तटबन्धको काममा खटिएका ट्याक्टरलाई रोकेर प्रहरीलाई बुझाइदिए, नजिकै रहेको अर्को तटबन्धमा ढुङ्गा लग्न दिएनन्।” विगतकै ढुङ्गा हाल्दासमेत वडाध्यक्षबाट तटबन्ध रोक्ने काम भएको उनले बताए ।

वेदकोटको बगुनसिद्ध वैजनाथ सामुदायिक वनका अध्यक्ष राजेन्द्र भण्डारीले गैरकानुनी ढुङ्गा चोरी तस्करी नियन्त्रणका लागि सामुदायिक वनको एक्लो प्रयासबाट समस्या भइरहेको बताए । बगुन खोला दोहन गर्ने ट्याक्टरलाई हामीले नियन्त्रणमा लिन खोज्दा उल्टै धम्की आउँछ, उनले भने, “सामुदायिक वनबाट रोक्ने प्रयास जारी छ।” गोरखापत्रबाट

  • ढुङ्गा तस्करी
शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.