• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

पाँच दिनदेखि हुलाकी सडकमा बाढीपीडित

  •   आइतबार, साउन २८, २०८० मा प्रकाशित

धनगढी- काढानदीको बाढीले घर डुबानमा परेपछि गत २३ साउनमा विस्थापित भएर हुलाकी सडकमा पुगेका भजनी–३, पकडियापुरका हेमन्त चौधरी घर फर्कन सकेका छैनन् । चारजनाको उनको परिवार वस्तुभाउसहित हुलाकी सडकमा त्रिपाल लगाएर बसेको छ । बाढी केही घटे पनि उनको घर हिलाम्य छ । घरभित्र हिलैहिलो भएकाले फर्कन नसकेको चौधरीले बताए । ‘आँगनसम्म बाढी नै छ, घरभित्र हिलोले बस्नलायक छैन,’ चौधरीले भने, ‘गाउँका सबैजसो परिवार सडकमै छौँ ।’

पकडियापुरका विस्थापित ६० परिवार अहिले पनि हुलाकी सडकमा बसिरहेका गाउँका भलमन्सा सुरेश चौधरीले बताए । घरभित्रको हिलो नसुक्दासम्म सडकमा बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । वर्षासँगै विभिन्न नदीखोलामा आएको बाढीले डुबान भएपछि गत साता भजनीमा दर्जनौँ परिवार विस्थापित भएका थिए । विस्थापित करिब नौ सय परिवारमध्ये आधाजति अझै फर्कन नसकेको नगरपालिकाले जनाएको छ ।

बाढीबाट विस्थापित भएकाहरू हुलाकी राजमार्गमा त्रिपाल लगाएर बसिरहेका छन् । उनीहरूलाई खान, बस्न, पानी, शौचालयको समस्या छ । ‘बालबच्चा छन्, खुला ठाउँमा बस्नुपर्दा सर्पको डर छ, लामखुट्टेले सताउँछ, राति राम्ररी सुत्न सकिएको छैन,’ भलमन्सा चौधरीले भने, ‘नल्कामा धमिलो पानी आउँछ, नगरपालिकाले दुई दिनदेखि पानी वितरण गरेको छैन ।’ आफूहरूलाई सबैभन्दा बढी समस्या खानेपानी र शौचालयको रहेको उनले बताए ।

घरभित्र बाढी पसेपछि खाद्यान्न, लुगाफाटोलगायत सामान तथा वस्तुभाउ लिएर पीडित परिवार हुलाकी राजमार्गमा पुगेका हुन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले डुबान भएका क्षेत्रमा डुंगा चलाएर पीडितलाई सुरक्षित ठाउँमा सार्ने काम गरेको थियो । पानी पर्दा विस्थापितलाई झन् समस्या हुने गरेको छ । कतिपयका त्रिपाल चुहिने गरेको बाढीबाट विस्थापित भजनी–८, सोनाफाँटाका बलराम चौधरीले बताए ।

उनले नगरपालिकाबाट केही दिन पानी पाउनुबाहेक कुनै निकायबाट कुनै पनि सहयोग नपाएको गुनासो गरे । ‘भित्रको हिलो नसुक्दासम्म घर फर्कने अवस्था छैन । सडकमा अलपत्रजस्तै छौँ,’ उनले भने, ‘फेरि बाढी आउला भन्ने डरले पनि सडकमा बसिरहेका छौँ, बाढी आए फेरि यतै आउनुपर्छ ।’ पानी नपरे घर फर्कन एक–दुई दिन अझै लाग्ने उनले बताए । हरेक वर्ष बर्खायाममा डुबानको समस्या भोग्नुपरिरहेको उनले बताए ।

गत साता आएको बाढीबाट जिल्लाभर सबैभन्दा बढी प्रभावित भजनी वडा नम्बर ३ र ८ का अधिकांश बस्ती डुबानमा परेका थिए । वडा नम्बर ८ का सोनाफाँटा, जनकपुर, दैलेखी टोल, बहादुर टोल, कृष्णनगर, खल्ला, काँढाढिक तथा वडा नम्बर ३ का पकडियापुर, नयाँ बस्ती, बर्दहवा गाउँमा सबैभन्दा बढी डुबान भएको थियो । केही बस्तीमा अहिले पनि बाढी छ ।

भजनी नगरका प्रमुख केवल चौधरीले विस्थापित नौसयमध्ये आधा परिवार घर फर्कन नसकेको बताए । उनले विस्थापितलाई नगरपालिकाले खानेपानी वितरण गरिरहेको बताए । विस्थापितको संख्या धेरै भएकाले त्रिपाल र अन्य खाद्यान्न वितरण गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘विस्थापित धेरै छन्, सबैलाई राहत दिन सकिँदैन,’ नगर प्रमुख चौधरीले भने, ‘सहयोगका लागि प्रदेश सरकार र प्रशासनलाई आग्रह गरेका छौँ ।’

उनले बाढी पसेका घरहरू हिलाम्य रहेका र केही बस्तीमा अहिले पनि बाढी नहटेकाले विस्थापित घर फर्कन नसकेको बताए । वडा नम्बर ३ का केही बस्तीमा बाढी नघटेको नगर प्रमुख चौधरीले बताए । ‘केही बस्ती अझै जलमग्न छन्, बाढी घटेका ठाउँमा घरभित्र हिलोले बस्न समस्या छ,’ उनले भने । नयाँपत्रिकाबाट

  • बाढीपीडित
आइतबार, साउन २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.