• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

शाही हत्या प्रकरण : सज्जनलाई धरौटीमा छोडेपछि अछाममा प्रदर्शन

  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित

कैलाली- अछामको पञ्चदेव विनायकका विनोद शाहीको हत्या आरोपमा पक्राउ परेका सज्जन बहादुर शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि अछाममा आन्दोलन सुरु भएको छ । लामो समयदेखि फरार रहेका सज्जन बहादुर शाहीलाई राष्ट्रिय युवा संघका नेता कार्यकर्ताहरुले साउन २२ गते काठमाडौँबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद २०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए । यो घटनाका मुख्य योजनाकारको रूपमा आरोप लाग्दै आएका सज्जन लामो समयदेखि काठमाडौँमा लुकिछिपी बसेका थिए । तर, पीडित परिवारले भने नेता र प्रहरीकै संरक्षणमा उनी पक्राउ नपरेको आरोप लगाउँदै आएका थिए ।

एक वर्षसम्म पनि प्रहरीले पक्राउ नगरेको र पक्राउ गरेर प्रहरीलाई बुझाए लगत्तै जिल्ला अदालतले आइतबार पाँच लाख धरौटीमा छाडेपछि सोमबार विरोध प्रदर्शन भएको हो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज भरत शाहले शाहीको हत्याका मुख्य योजनाकारलाई अदालतले धरौटीमा छाडेपछि आन्दोलनमा उत्रिनु परेको बताए ।

‘प्रहरी प्रशासनले यस अघि पनि उहाँलाई पक्राउ गर्नै खोजेको थिएन । हामीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थियौँ’ उनले भने ‘त्यसपछि पछि अदालतमा सेटिङ गरेर अहिले उन्मुक्ति दिएको दिइएको छ त्यसको विरोधमा हामी छौँ । हामी निरन्तर आन्दोलनमा जान्छौँ ।’

शाहीको हत्या गरिएको भन्दै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । सरकारी वकिलको कार्यालयले मेयर चलाउनेसहितका तीन जनाविरुद्ध प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । १० जनाविरुद्ध मुद्दा चलाइएकोमा अदालतले गत असारमा पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने चार जना अझै फरार छन् ।

अभियोग पत्र माग दाबी अनुसारको कसूरमा उनी निर्दोष हुन भन्ने आधार नभए प्रमाण नभए पनि थुनामै राखेर मुद्दा चलाउन वृद्ध र बिरामी समेत भएका कारण मनासिव नदेखिएको आदेशमा उल्लेख छ । पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने आदेशमा भनिएको छ । अहिले अदालतले रिहा गरेपछि पीडित आफन्तले भने पनि सेटिङमा फैसला भएको आरोप लगाएका छन् ।

‘सबै प्रमाण र बयानका आधारमा उहाँ नै मुख्य योजनाकार हो भन्ने पुष्टि भइसकेको छ तर, सत्ता र शक्तिको दुरुपयोग गरेर धरौटीमा रिहा गरिएको छ हामी त्यसको विरुद्धमा छौँ’, मृतक विनोदका दाजु बखत शाहीले बताए ।

आइतबार धरौटीमा रिहा भएका शाहीविरुद्ध द्वन्द्वका बेला माओवादी कार्यकर्ता सूर्यबहादुर शाहीको हत्याको पनि आरोप लाग्ने गरेको छ । उनकै योजनामा सूर्यलाई बोरामा हालेर कर्णाली नदीमा फालेको आफन्त बताउँछन् । शाही पञ्चदेवल विनायक नगरपालिका–४ निवर्तमान वडाध्यक्ष हुन् । उनी कांग्रेसका नगर सभापति तथा पूर्व शिक्षकसमेत हुन् ।

  • अछाममा प्रदर्शन
सोमबार, साउन २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.