• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

संघीय शिक्षा ऐनविरुद्ध शिक्षकहरूको धर्ना

  •   बिहिबार, साउन ३२, २०८० मा प्रकाशित

धनगढी- संघीय शिक्षा ऐनको मस्यौदाको विरोधमा सुदूरपश्चिम प्रदेशका सामुदायिक विद्यालयका शिक्षकहरूले सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन् ।

मस्यौदा गरिएको शिक्षा ऐनमा शिक्षक हकहितका कुरा उल्लेख नभएको भन्दै स्थानीय तहदेखि नै विभिन्न चरणका आन्दोलन गर्दै आएका विद्यालय शिक्षक,विद्यालय कर्मचारी,बाल विकास शिक्षिकाहरूले बिहीबार मन्त्रालय परिसरमा धर्ना बसेर विरोध जनाएका हुन् ।

नेपाल शिक्षक संघका प्रदेश अध्यक्ष तथा आन्दोलनका प्रदेश संयोजक डिल्लीराज पन्तले नेपाल सरकारले २०२८ को शिक्षा ऐनलाई संशोधन गरेर तयार पारेको मस्यौदा शिक्षकको हक हितमा नआएको बताए ।

‘सरकारले २०२८ सालमा बनेको शिक्षा ऐनलाई संशोधन गरेर मस्यौदा तयार गरेको छ,मन्त्रीपरिषद्बाट पास गरेर संसदमा लैजाने तयारीमा छ’ उनले भने ‘मस्यौदा नेपाली शिक्षकको हकहितमा छैन्’ ।

उनले भने ‘पञ्चायतकालीन ऐनमा भएका मुद्दाहरूलाई काटेर नेपालको शिक्षा प्रणाली र शिक्षाको पेशागत हकहितको संरक्षण गर्ने कुराहरू यथोचित नबोलेको हुँदा आन्दोलनमा जानुपरेको हो’ ।

‘ऐनमा अझै पनि बालविकासलाई स्थानीय तहमा राखिएको छ,शिक्षकको सम्पूर्ण पेशागत कुराहरू स्थानीय तहलाई दिएको छ’ उनले भने ‘राहत शिक्षकलाई सम्बोधन गरेको छैन् देशभर ४० हजार राहत शिक्षक छन् ३० हजारभन्दा बढी अस्थायी करार शिक्षक छन् ऐनमा तिनीहरूको कुनै सम्बोधन भएको छैन्’ ।

स्थायी शिक्षकको निवृत्तिभरण,उपदानको व्यवस्था समेत नयाँ ऐनमा काटिएको उनले बताए । यसअघि सबै पालिकाहरू र शिक्षा समन्वय इकाईहरूमा धर्ना बसेर ज्ञापन पत्र समेत बुझाएको उनले बताए । सरकार मस्यौदा गरेको शिक्षा ऐन संशोधन गरेर शिक्षकको हकहितमा ल्याउनु पर्ने र सरकारले सम्झौता नगरे आन्दोलन काठमाडौँ केन्द्रित हुने पन्तको भनाइ छ ।

त्रिभुवन माध्यमिक विद्यालय धनगढीका प्राचार्य सीताराम अवस्थीले शिक्षा ऐन शिक्षकहरूको पेशागत हकहितमा आउनु पर्ने बताए । उनले भने ‘समयानुकूल शिक्षा ऐन बन्नुपर्छ भन्नेमा हामी शिक्षकहरू सहमत छौँ तर शिक्षकहरूको पेशागत हकहितमा,शिक्षा क्षेत्रको समग्र सुधारका लागि सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि ऐन आउनु पर्छ’ । उनले भने ‘अहिले मस्यौदा पढ्दै गर्दा सामुदायिक विद्यालयको गुणस्तर अझ ह्रास हुने अवस्था देखेका कारण आन्दोलन गर्नु परेको हो’ ।

नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष एवम् शारदा माध्यमिक विद्यालय धनगढीका प्राचार्य  तेजबहादुर सिंहले लामो समयदेखिका राहत शिक्षकहरूको व्यवस्थापनका लागि ऐनमा समेटिन नसकेको बताए । सरकारले शिक्षकहरूको हकहित विपरीत ऐन ल्याउन लागेको उनले बताए ।

‘स्थानीय तहले शिक्षा क्षेत्रमा अनाधिकृत हिसाबले हस्तक्षेप गरे स्वतन्त्र रूपमा चलन नदिने त्यस्तो परिस्थिति भा हुनाले शिक्षा क्षेत्र अस्तव्यस्त छ । हाम्रो माग भनेको शिक्षा क्षेत्र संघ ले लिनुपर्छ नत्र भने प्रदेशले लियो भने चाहाना हो हाम्रो,’ उनले भने ।

प्रदेश सरकारले शिक्षा ऐन आफू मातहत लियो भने अभिभावकत्व ग्रहण गर्न र बजेट समेत विनियोजन गर्न उनले बताए । विद्यालय माथि पालिका प्रमुखहरूले हस्तक्षेप गर्न लागेको उनले आरोप लगाए । शिक्षकहरू स्थानीय तह बाट अपहेलित भएको उनले बताए । सरकारले ल्याउने ऐन विद्यालय र शिक्षक मैत्री बनाउनुपर्ने उनको माग छ ।

नेपाल शिक्षक महासंघको अगुवाइमा भएको प्रदेश स्तरीय धर्ना कार्यक्रममा शिक्षकहरूले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदलाई बिहीबार ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै मन्त्री साउदले जायज माग पूरा गराउन लाग्ने प्रतिबद्धता जाहेर गरे ।

‘मैले तपाईहरुका माग सुने उचित माग सम्बोधन गर्नका लागि संघीय सरकार समक्ष मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’ उनले भने ‘उचित माग पूरा गराउनमा मेरो ध्यान जानेछ’ । धर्नामा सुदूरपश्चिम प्रदेशभरीका झण्डै पाँच सयको हाराहारीमा शिक्षकहरूको उपस्थिति रहेको जनाइएको छ ।

 

  • शिक्षा ऐनविरुद्ध
बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.