• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

पाताल भूमेश्वर पदमार्ग निर्माण

  •   सोमबार, साउन ०९, २०७९ मा प्रकाशित

बैतडी– बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाताल भूमेश्वरसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको २५ लाख रुपियाँ आर्थिक सहयोगमा पाँच सय मिटर ढलान गरिएको पक्की बाटो निर्माण गरिएको हो । पदमार्ग बनेपछि धार्मिक पर्यटकलाई पाताल भूमेश्वरको गुफा र तलाउको दर्शन गर्न सजिलो भएको मन्दिरका संरक्षक जयराज विष्टले बताए । पदमार्ग निर्माणपछि दशरथचन्द मार्गको सिउँडेबाट १५ मिनेटमै पाताल भूमेश्वरको गुफा र तलाउ नजिक पुग्न सकिने विष्टले बताए ।

यसअघि स्थानीय युवाको अगुवाइमा चन्दा सङ्कलन गरेर यहाँ प्रवेशद्वार निर्माण गरिएको सिद्धनाथ पाताल भूमेश्वर धार्मिक वन समितिका अध्यक्ष अरुण विष्टले बताए । बैतडीको वासुलिङ्ग र भूमेश्वरको सीमामा पर्ने जङ्गलको एक हजार दुई सय मिटर अग्लो डाँडोमा रहेको पाताल भूमेश्वर गुफासँगै कहिल्यै नसुक्ने स्थिर तलाउ यहाँको मुख्य आर्कषण हो । शिव पार्वतीको ‘मधुमास’ स्थल तथा द्वापरयुगमा पाण्डवहरू यहाँबाट स्वर्ग गएको धार्मिक किंवदन्ती रहेको छ ।

शिवरात्रिलगायत साउने सङ्क्रान्ति पर्वमा यहाँ विशेष पूजा लाग्ने गर्छ । पाताल भूमेश्वर गुफाको उत्तरतिर रहेको तलाउ र बीच भाग रहेको शिव मन्दिरमा विवाह गरेर सयौँ जोडी विधिवत् लगनगाँठोमा बाँधिने गरेका छन् । धार्मिक दृष्टिले पवित्र मानिएको पाताल भूमेश्वर गुफालाई स्थानीयवासीले परापूर्वकालदेखि पुज्दै आइरहेका छन् । पाताल भूमेश्वर गुफाका बारेमा अनुसन्धान गर्न सात वर्षअघि अन्तर्राष्ट्रिय गुफा विशेषज्ञ मोरिस दुसेनले आठ सय मिटरसम्म भित्र पसेर यो गुफा दक्षिण एसियाकै लामो हुन सक्ने दाबी गर्नुभएको थियो । अक्सिजन र अन्य उपकरणको अभावमा गुफाको आठ सय मिटरसम्म पुगेर उहाँ फर्किनुभएको थियो ।

‘इन्टरनेसनल सेन्टर फर दी एक्सप्लोरेसन अफ दी हिमालयज’का अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेनको टोलीले गुफाको आठ सय मिटरसम्म भित्र पसेर नेपालकै लामो गुफा प्रमाणित गर्नुभएको थियो । यो गुफाका विषयमा सङ्घीय र प्रदेश सरकारले चासो देखाए पनि स्थानीय सरकारले भने उपेक्षा गरेको मन्दिरका संक्षक जयराज विष्टले बताए ।

काठमाडौँबाट एक घण्टाको हवाई यात्रापछि धनगढीबाट दुई सय किलोमिटर पक्की सडक पार गरेर बैतडीको पाताल भूमेश्वर गुफा पुग्न सकिन्छ । बैतडी सदरमुकाम जोड्ने दशरथचन्द लोक मार्गबाट १५ मिनेट पैदल दूरीमा रहेको पाताल भूमेश्वरमा पछिल्लो समय गुफाको दर्शन तथा अवलोकन गर्न भारतको उत्तराखण्ड राज्यबाट समेत धार्मिक पर्यटक आउने गरेका छन् ।

  • पाताल
सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

समाचार

सबै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.