धनगढी- पुर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेले आज आईतवार स्वर्गीय निर्मला पन्तकी आमा दुर्गा पन्तलाई भेटेका छन । सभापति रवि लामिछानेले दुर्गा पन्तलाई भेट्दै भने चिन्ता नगर्नुहोस, “मैले बाटो फेरेको मात्र हु, वाचा फेरेको छैन ।” आफू जिवित हुन्जेल निर्मलाले न्याय पाउने आशलाई अन्त्य हुन दिने छैन । यसैपाली नेतृत्व गरेर ,अपराधीलाई सजाय नदिलाई आराम गरेर बस्ने छैन । निर्मला पन्तको २०७५ साल श्रावण १० कञ्चनपुरको महेन्द्रनगरमा बल्तकार गरी हत्य गरेको थियो । हत्या भएको ४ बर्ष हुँदा समेत अपराधी पत्ता लागेको छैन ।














