• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

बझाङमा विद्युत प्राधिकरणको लापरबाहीले ज्यान गुमाउँदै स्थानीय

  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित

बझाङ- गत शनिबार बिहान खेतमा पानी लगाउन गएको बेला केदारस्युँ गाउँपालिका –१ बिलीका २५ वर्षीय रामकुमार भण्डारीको करेन्ट लागेर मृत्यु भयो । शनिबार बिहान चौडामबगरनजिक पर्ने धामीराटी सिंचाई कुलोबाट गहुँ खेतमा पानी लगाउन गएका उनको घटनास्थल मै ज्यान गएको हो ।

१० बजेतिर गहुँ खेतमा पानी लगाउन घरबाट निस्किएका भण्डारी अबेर सााझसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गर्दा चौडामबगरको कान्द्वाल भीरमा रात आठ बजेतिर मृत फेला परेका थिए । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपेश चौधरीले विद्युतको हाइटेन्सन तार टाउकोले छुन सक्ने ठाउँमा रहेको र निहुरिएर उठ्ने क्रममा तारमा छोइएर करेन्ट लागेको हुन सक्ने बताए ।

केदारस्युँ गाउँपालिकामा करेन्ट लागेर स्थानीयले ज्यान गुमाएको यो पहिलो घटना भने होइन । यस अघि २०७८ साल साउनमा वडा‍-१ कै ४८ वर्षिया उजलीदेवी बोहराको पनि राष्ट्रिय प्रशारण लाइन मै करेन्ट लागेर मृत्यु भएको थियो । घाँस काटन जानेक्रममा केदारस्युँको गाज्रा भन्ने बाटोमा हिंडिरहेको बेला विद्युतको पोलमा छोइदा करेन्ट लागेर उनको पनि घटनास्थलमै ज्यान गएको थियो ।

लापरबाहीपूर्वक विद्युतको तार छोडिएका कारण यहाँ करेन्ट लागेर घाइते भएका घटनाहरु पनि दोहोरिरहेका छन् । गएको कार्तिक महिनामा मात्रै यही वडाकी २२ वर्षिया महिन्द्रा साँउद भण्डारी पनि करेन्ट लागेर घाइते भएकी थिएन् । डालेघाँस काट्न रुख चढेका बेला सिमलको रुखमा छोइएको विद्युतको तारको झड्का लागेर उनी जयपृथ्वी राजमार्गमा खसेकी थिएन । उनको अहिले पनि उपचार भइरहेको छ ।

२०७७ साल चैत महिनामा केदारस्युँ गाउँपालिका –१, कापडी गाउँकी १३ वर्षिया कौसल्या भण्डारी पनि करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । गोठालो गएकोले विद्युतको तार खुट्टाले छोइँदा उनलाई झड्का लागेको थियो । लामो समय उपचार गरेपछि उनी अहिले हिँडडुल गर्न सक्ने भएको उनको परिवारले जानकारी दिएको छ ।

विद्युत प्राधिकरणले लापरवाहीपूर्वक तार छोडेका कारण पटकपटक दुर्घटना भइरहेको भएपनि सुरक्षाका उपाय अबलम्बन नगरेको स्थानीयले आरोप लगाएका छन् । ‘केदारस्युँको- १ मा मात्रै दर्जनौं ठाउँमा लापरबाहीपूर्वक तार छोडिएको छ । ढलेका पोल पनि उठाइएका छैनन् ।

बेताल माध्यमिक विद्यालयका शिक्षक दीर्घ भण्डारीले भने ‘करेन्ट लागेर मान्छेहरु मर्न थाले । घाइते हुन थाले व्यवस्थित गरिदिनुहोस भन्दा प्राधिकरणले सुन्दैन ।’ उनले शनिबार भएको घटनामा प्रहरीले घटनास्थलको नाप गर्दा विद्युतको तार जमिनबाट ५ फिट ९ इन्च मात्रै उचाईंमा रहेको पाइएको र सीधा उभिँदा मृतकको तालुमा करेन्ट लागेको हुनसक्ने बताए ।

केदारस्युँ गाउँपालिका-१, का स्थानीयका अनुसार नारुगौंडा र तुसारी झार भन्ने ठाउँमा विद्युतको पोल बांङगो भएर तार लत्रिएको छ महिना भैसक्दा पनि व्यवस्थित गरिएको छैन । यही वडाको चौडाम गाउँको तोलेनी, बिलैबगर, जुडे ओडार र नाथ बस्तीनजिक तारको उचाई जमिनबाट छ फिट भन्दा कम रहेको र यहाँ पनि दुर्घटनाको सम्भावना छ । सोही वडाको पथुडा, नुवाँपनाला, चौडाम बगर र सिमल रुख भन्ने ठाउँमा विद्युतको तारले हरियो रुखलाई छोएको हुनाले दुर्घटनाको जोखिम रहेको छ ।

वडा कार्यालयले यहाँको समस्याको बारेमा लिखित र मौखिक रुपमा जानकारी दिएको भएपनि विद्युत प्राधिकरणले वास्ता नगर्दा पटकपटक दुर्घटना भइरहेको वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर भण्डारीले बताए । ‘यो-यो ठाउँमा समस्या छ भनेर हामीले प्राधिकरणलाई पटक-पटक भन्दै आएका छौं । मौखिक रुपमा भन्दा नमानेपछि तीन महिना अगाडि त पत्रै काटेर पनि अनुरोध गर्यौं’,भण्डारीले भने, ‘हाम्रो अनुरोधलाई उहाँहरुले वास्तै गर्नु भएन । आज यस्तो घटना भयो ।’

प्राधिकरणको लापरबाहीले गर्दा वडाभरी नै विद्युतीय धराप विच्छ्याए जस्तो भएको र कुन बेला दुर्घटना हुने हो भन्ने डरले स्थानीय त्रसित भएको उनले बताए । यता नेपाल विद्युत प्राधिकरणको बझाङ वितरण केन्द्रका प्रमुख सुजन खड्का भने विद्युतको तार जमिन नजिक रहेको कुरा कतैबाट जानकारी नआएको कारण दुर्घटना भएको बताए ।

‘यो पाँच वर्ष पहिला निर्माण भएको लाइन हो । ठाउँ ठाउँमा बिग्रिएको छ । जोखिम रहेको ठाउँमा हामीले आफैं पत्ता लगाएर पनि तारलाई व्यस्थित गर्ने गरेका छौं,’ उनले भने, ‘शनिबार घटना भएको ठाउँमा हामीलाई कसैले जानकारी पनि गराएन । भिरमा भएकोले हाम्रो पनि नजर परेन । त्यसैले दुर्घटना भयो ।’ उनले विद्युतको तार कतै जोखिमपूर्ण अवस्था रहेको भए तत्काल व्यवस्थित गरिने समेत बताए । कान्तिपुरबाट

 

  • विद्युत प्राधिकरण
सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.