भरतबहादुर बिष्ट/ टीकापुर- नेशनल मण्डेलाले भनेका थिए, सबै भन्दा शक्तिशाली हतियार शिक्षा हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौँ । कामै नगरीकन खाने शैक्षिक प्रमाणपत्र सिरानीमा च्यापेर हल्लिएर बस साँच्चै हँसिया हथौडा बोकेर चोरी डकैती गर राजनीति अधिकारका नाममा सधैँ देशमा अस्थिरता मच्चाउने गर, त्यो परिवर्तनले संसार बदल्न सक्दैनौँ ।
व्याचलर,मास्टर सिध्याएर बसेको एउटा शिक्षित युवालाई सोध्ने हो भने आजकाल के गर्दै छौँ रु ऊ निश्चित रूपमा बेरोजगार छु भनेर भन्छ भन्छ । सरकारी जागिर खान पहुँच छैन । माथिसम्म भनसुन पहुँच नभए पढेर कामै छैन । लिखितमा चौध पटक नाम निकालेको व्यक्ति अन्तिममा मौखिकमा निकालिन्छ ऊ निराश हुन्छ अन्ततोगत्वा बाध्य भएर खाडीमा भौँतारिन्छ । यो भन्दा संसार बदल्ने हतियार अरू के हुनसक्छ रु महामहिम नेशन मण्डेला महोदय १
हाम्रो शिक्षा र संस्कृति सनातन धर्म परम्परा हिन्दु दर्शनमा आधारित छ ।हुन त सबै धर्मको सार भनेको मानवीय जीवनलाई कसरी सार्थक बनाउने भन्ने हो । तर हाम्रो देश अत्यधिक हिन्दु धर्म दर्शन मान्ने मानिसको बसोबास बाहुल्य भएकाले यो सनातन दर्शनमा आधारित छ । हिन्दु शास्त्रले रोग भोक ,शोक,पिडा,पाप,हीनता, दासता, अज्ञानता, द्वेष, पीडा कुरुती, कुसंस्कार, अन्याय, अत्याचार, अपहेलना, अभाव, दुस्ख अवगुण,व्याधि,काष्ठबाट मुक्त पाउनु पनि शिक्षा मानिन्छ ।
स्थानीय कला संस्कृति रहनसहन भेषावकर देशको भूगोल इतिहास भू बनावट हावापानी सन्तुलित आहार विहार उठबस प्रजनन शिशुको स्याहार मातृ शिशुको विवाह व्रतबन्ध उज्यालो जीवन सम्बन्धी चेतना ज्ञान सामाजिक उत्तरदायित्व वहन सक्षम साक्षर अनुभव सवल सवागिण विकास सिकाइ पनि शिक्षा हो ।
कस्ता व्यक्ति निर्माण गर्ने भन्ने कुरा पाठ्यसामग्री राज्यको दूर दृष्टि शिक्षा उचित नीति भौतिक संरचना बाल मैत्री पाठशाला शान्त कक्षा कोठा कुशल विषयगत शिक्षक शिक्षिकाको प्रबन्ध गरिनुपर्छ । कक्षालाई सानो प्रयोगशाला सैद्धान्तिक घोकन्ते सैद्धान्तिक शिक्षण विधि भन्दा प्रयोगात्मक व्यावहारिक सिकाइले बालबालिका स्वावलम्बन आत्मनिर्भर स्वरोजगारी हुन्छन् ।
शैक्षिक भ्रमण,सिकाइ भ्रमण, इतिहास बुझ्न बुझ्न संग्रहालय, जैविक विविधता र कृषि सम्बन्धी बुझ्न खेतबारी चिडियाघर आदिको बालबालिकालाई लिएर दीक्षित गरिनुपर्छ । शिक्षा जागिर खानकै लागि हो भन्ने बुझाइ सोह्र नै आना सही होइन तर व्यावसायिक बनाइनुपर्छ । अनुशासित नैतिक वान स्वावलम्बी देशभक्त आध्यात्मिक भावना वैचारिक रूपमा सत्य वैज्ञानिक ज्ञान भएको प्रखर योग्य नागरिकको श्रेय सेतु साबित शिक्षा हुनुपर्छ ।
देशको माटो सुहाउँदो राष्ट्र राष्ट्रियताप्रति समर्पित नैतिक अनुशासित स्वस्थ नागरिक उत्पादन राज्यको पहिलो दायित्व हो । व्यावहारिक ज्ञानको साथै जुग सुहाउँदो प्रविधि शिक्षा उत्तिकै खाँचो छ । पढ्नेलाई पढ्न नदिने लेख्नेलाई लेख्न नदिने सधैँ अधिकारका लागि तयार पार्ने राजनीतिक पार्टीका नर्सरी बेर्ना बनाइनु अत्यन्तै खेदपूर्ण छ । आफ्नो मातृभाषा राष्ट्र भाषा राष्ट्रिय भाषा मासेर दुई चार शब्द टुटे फुटेको अङ्ग्रेजी शब्द घुसाएर मुख बाङ्गो गरे अङ्ग्रेजी बोल्नुलाई धेरै पढेलेखेका भनेर गन्ने मनोभावना अझ उदेकलाग्दो छ ।
भाषा प्रयोग गरेर ज्ञान हासिल गर्नु नै वास्तविक शिक्षा हो । नेपालमा निजी शिक्षण संस्था ठुलो होडबाजी चलेको छ । राज्यको नीति अन्तर्गत बसेर बालबालिकालाई योग्य कर्मठ नागरिक उत्पादन गर्छ भने त्यो योगदान हो । निजीले सामुदायिक विद्यालय ध्वस्त पारे शैक्षिक माफिया बिचौलियाले गर्दा शिक्षामा चरम अभाव लथालिङ्ग भइरहेको देखिन्छ । राज्यको स्पष्ट नीति देखिँदैन । झारा टार्ने लाचारी कर्तव्य विमुख भएको अस्थिरता अराजकतामा रोटी सेकेर खान पल्लेका देश र भावी सन्तति प्रति बेखबर ।
आमाबुबाले छोराछोरी पढे लेखेर ज्ञानी असल स्वावलम्बी जागरूक चेतशील कर्मयोगी नागरिक बन्ला भन्ने ठुलो अपेक्षा राखेको हुन्छ । निजी शिक्षण संस्थाहरूले सामुदायिक बिधालयप्रतिको भरोसा टुटाएर आफूतिर आकर्षण गर्नु उनीहरूको व्यावसायिक धर्म हो । तिनीहरूले शिक्षाको नाममा लुट मच्चाउने शोषण गर्ने गराउने भन्ने आरोप बेलाबखत जनगुनासो सुनिने गरिन्छ ।
यसमा पनि राज्यको ठुलो कमजोरी देखिन्छ । बिचौलिया शैक्षिक माफियाको चंङगुललमा राज्य राज्यका तालुकदार संस्था व्यक्ति प्रलोभनमा परेको कुरा छरपस्ट छ । स्वयम राजनीतिक नेतृत्व नै ठूल्ठूला निजी विद्यालय विश्व विद्यालय मेडिकल कलेज आदि खोलिएका छन् । तिनीहरूलाई अनुमति पत्र दिने नियन्त्रण गर्ने जिम्मेवारी राज्यको हो । तिनीहरूलाई नियमन गर्ने राज्यको नीतिमा निर्भर गर्छ । शुल्क कति लिने भन्ने विषय राज्यको मौजदा नीतिमा भर पर्छ ।
राज्यले नैतिक अनुशासित दक्ष सीपमूलक सेवामूलक व्यावसायिक शिक्षाका नाममा लगाएको राज्यको लगानी बालुवामा पानी खन्याए सरह हुनु दुस्खद पक्ष हो । शिक्षाले शिक्षाको खाँचो मानिसमा चेतना बढाउने नैतिकता आत्मनिर्भर स्वावलम्बन बन्ने क्षमता वान बनाइनुपर्छ । खाली किताबी किरा भएर पनि हुँदैन । व्यवहारिक ज्ञान सूचना र प्रविधिमा जोड्ने कसी सेतु जीवन पद्धतिको महत्त्वपूर्ण सिकाइ शिक्षा सिद्ध हुनुपर्छ । राज्य शक्तिको श्रोत जनतालाई मानिएको छ ।
सर्वप्रथम श्रोत मुहान पहिला दक्ष बनाइनुपर्छ । शिक्षाले हरेक मानिसको जीवनशैली रहनसहन पारिवारिक सामाजिक दायित्व बोध जीवन उपयोगी गर्ने खालको हुनुपर्छ । शिक्षाको माध्यमद्वारा जडित उसको बुद्धि विवेक पारिवारिक सन्तुलन प्रजनन शिशु दाम्पत्य सम्बन्ध आमाबुबाको बाजे बजै ज्येष्ठ नागरिकको हेरचाह सुविधा आतिथ्य इज्जत मान प्रतिष्ठा जीविकोपार्जन सम्बन्धी ज्ञान सीप प्रयोग पनि शिक्षाको किरणबाट दीक्षित हुनुपर्छ ।
राज्यले आफ्ना नागरिकको आर्थिक सामाजिक शैक्षिक जनशक्तिको सही तथ्याङ्क राख्न सक्नुपर्छ । कुन व्यक्तिको खाँचो दक्षता क्षमताका आधारमा शिक्षित जनशक्ति परिचालन व्यवस्थापन गर्न सक्नुपर्छ । देश राजनैतिक नाराले मात्रै बन्दैन यो सिद्ध भएको कुरा हो । अब अधिकारले पनि पुग्दैन पाएको अधिकार सत् बुद्धिले राष्ट्र निर्माण गर्नुपर्छ । काम गर काम गरेर खाने वातावरण सिर्जना गर गरी खान देऊ१ नागरिकलाई आय आर्जनमा जोड आर्थिक सामाजिक क्रियाकलाप बढाउने कोसिस गर ।
खालि अधिकारकारले के चाट्नु रु अब अधिकार कोसँग माग्ने कसले दिनेरुशिक्षाको माध्यमद्वारा राजनीतिलाई नीतिशास्त्रसंग जोड्ने गर । राजनीति भनेको शासन गर्ने मात्रै होइन सुशासन देऊ १ दायित्व जिम्मेवारी बोझ मार्गदर्शन आदर्श पथ अथवा देश र जनताको सुनौलो भाग्य र भविष्य निर्माण गर्ने कसिलो संस्थाको रूपमा विकास गर्न जरुरी छ,त्यतातिर लाग । प्रधानमन्त्री मन्त्री को हुने होडबाजी छोडेर देश निर्माण कार्य जस्तो महान् कार्यमा समर्पित हौँ । देश सबैको साझा घर हो । यहाँ बस्ने सबै नागरिक जीव जन्तु प्राणी हावापानी माटो राष्ट्र हो ।
मानिस माटो हो, शिक्षा त्यो माटाबाट के बनाउने विधि साधन हो । माटाको प्रयोग गर्न जानुपर्छ,भाँडाकुँडा मूर्ति घर लिपपोत भरान पटानी खेतीपाती आदि जे गर्ने गर्ने हो, माटो उर्वर दैवी दान वरदान जे बनायो त्यहीँ बन्छ,जे फलायो त्यहीँ फल्छ । इट्टा वा डिस्टा । सुन्तला रोपेर स्याउ फलाउने,कागती रोपेर स्याउ, विष वृक्ष रोपेर अमृत सञ्जीवनी अपेक्षा गर्नेकी पुष्प अमृत वृक्ष रोपेर अमृत नै फलाउने यो राज्यको नीतिले तय गर्छ । युद्ध गर्नु भन्दा पहिला युद्ध मैदानमा लड्ने दस्ता तालिमप्राप्त सुसज्जित आधुनिक हतियार सहित योद्धा लडाकु सेना तयार पार्नु पर्छ ।
प्रतिद्वन्द्वी सैन्य सामरिक शक्तिसँग जुध्न साहसी,त्यहीँ बराबरको सुसज्जित हतियारसहित वीरहरू बलाकावीर उच्च मनोबल भएका देशभक्त राष्ट्र राष्ट्रियताप्रति समर्पित आइलाग्ने माथि जाइलाग्ने जीउ ज्यान जिम्मेवारीबाट अविचलित भएर डटेर सामना गर्ने जत्था तयारी हालतमा राखिनुपर्छ । खाली गनगन मलाई गर्न दिएनन् कमजोर बनाए , फलानोले यस्तो शैक्षिक नीति कृषिमा अनुदान मेडिकल शिक्षामा चर्को शुल्क असुल गर्ने नीति निर्माण गरिदिने,रोइलो गरेर काम छैन ।
परीक्षा हलमा टिकटक बनाउने भनेपछि कस्तो शिक्षा दिन खोजेको हो रु दक्ष नागरिक तयार पार्ने भन्ने अनि के अपेक्षा गर्ने रु कहीँ कक्षालाई सूचना र प्रविधिसँग जोड्ने भनेको त्यहीँ त होइन रु नैतिक शिक्षा विना अझ पर विनाश अवश्यम्भावी छ । केही गर्न सकिएन भने राजनीति छदै छ । हत्तेरी१ राजनीतिलाई यति घृणा नगरी दिए हुन्थ्यो । शैक्षिक प्रमाणपत्र सिरानी सन्दुकमा हालेर छोराछोरी बरालिएको देख्दा कुन चाहिँ मातापिताको मन चसक्क नहोस् ।
विद्यालयमा गुरुबा गुरुआमा छैनन्, भएका पार्टीको झोला झन्डा बोकेर समर्थ र विरोधमा सहभागी हुन सदरमुकाम र राजधानीतिर लागे । विद्यार्थी फ्रिफाएर पब्जी खेल्दै छन् । कसैलाई वाल मतलब छैन । ती गुरुबा गुरुआमाले कस्तो शिक्षा देलान् रु अनि शिक्षामा सरकारी लगानी बालुवामा पनि भएन । ती शिक्षक शिक्षिकाको दोष होइन,राज्य राजनीतिक नेतृत्व नीतिनिर्माताको दोष हो । टिकटक बनाउने बालबालिकाको दोष होइन दोषी प्रचलित शिक्षा नीति नैतिक शिक्षा पाठ्यसामग्रीको हो ।
बालबालिका नर्सरी हुन । नर्सरीमा के को बेर्ना रोप्ने फुल्ने फलाउने हाई ब्रेड लोकल अर्गानिक विषाक्त आदि । माटोलाई अर्थात् खेतलाई दोष दिएर उम्कन मिल्दैन । त्यसैले धान खाने मुसो चोट पाउने भ्यागुतो भनेको यहीँ हो । छातीमा हात राखेर देशको एक मुठ्ठी माटो समातेर हिमालको हिम शृङ्खला हेरेर सोच्नु होस् हामी के गर्दैछौं भनेर त्यो आभास अवश्य हुनेछ । दुनियाँलाई बेकुफ नबनाई दिए हुन्थ्यो । भ्रष्टाचार गर्दैन गर्न दिँदैन भन्ने आफैँ भ्रष्टाचार गर्नेलाई बचाउ प्रत्यक्ष अप्रत्यक्ष संलग्न हुने ।
निस्शुल्क शिक्षा स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भन्ने स्वयम् सार्वजनिक जिम्मेवारी पाएका सामुदायिक विद्यालय ध्वस्त पार्ने । पैसा मात्रै लगानी होइन त्यसबाट प्रतिफल गुणस्तर उत्पादन कस्तो दियो भन्ने सवाल महत्त्वपूर्ण हो । खेतबारीमा मकै छरेर उत्पादन हुँदैन,समयमा सिँचाइ गोडमेल मल रेखदेख उन्नत बीउ किसानको समर्पण स्थानीय जलवायु सिजनमा भर पर्छ । अनि पो प्रतिफल उत्पादन हुन्छ ।
विद्यालय भवन अस्पताल खोलेर पुग्दैन,पढाइदिने दक्ष जनशक्ति पढ्ने बालबालिका त्यो विश्वासिलो शान्त रमणीय बालमैत्री सिक्ने र सिकाउने वातावरण हुनुपर्छ । सरकारी विद्यालय पढ्ने गरिब विपन्न वर्गका नागरिकका छोराछोरीले मात्रै हो भन्ने बाध्यता बुझाइ सोचाइ छाप सबैभन्दा घतलाग्दो छ । हुन त स्वयम् सामुदायिक विद्यालयमा पढाउने शिक्षक आफूले आफ्ना छोराछोरी निजी बोर्डिङमा पढाउने बोर्डिङ खोल्ने गर्दा आम मानिसले कसरी बुझ्ने रु त्यहीँ शिक्षक कक्षामा पनि पढाउने पछि त्यसैसँग अतिरिक्त कक्षा अर्थात् ट्युसन पढ्नुपर्ने यो कस्तो अनौठो हो रु अस्पताल भनेको भौतिक संरक्षण मात्रै होइन ।
विशेषज्ञ आवश्यक स्वास्थ्य सामग्री औषधि दक्ष अनुभवी डाक्टर मेडिकल सुपरिटेन्डेन्ट नर्स जस्ता स्वास्थ्यकर्मीको सबभन्दा बढी खाँचो हुन्छ । डाक्टर सरकारी हुने तलब भत्ता जनताले तिरेको रगतपसिनाबाट खाने,सरकारी हस्पिटलमा जनशक्ति भए स्वास्थ्य साधन स्रोत नहुने साधन भए डाक्टर नहुने,अनि तिनै डाक्टर निजी क्लिनिक अस्पतालमा गएर गुणस्तरीय उपचार दिने भनेपछि यो भन्दा अर्को आश्चर्यजनक हास्यास्पद लज्जास्पद संविधान खिल्ली उडाएको यो देशमा कुन समाजवाद ल्याउन र जान खोजेको होला कुन्नि ? अन्तमा,पाँच हजार वृद्वभत्ता बनाएर भोट पाउन सक्छ अन्ततोगत्वा तिनै जनताको तिरेको करबाट असुल गर्ने होइन र रु स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण विषय हो । राज्यले आफ्ना नागरिकलाई काम नगर सबै रेखदेख सरकार गर्छ पनि भन्न सक्छ तर श्रोत हुनुपर्छ ।
जनहित जनकल्याणकारी राज्य सुशासन शिक्षा र स्वास्थ्यमा नागरिकको सर्वागिण विकास स्वास्थ्य नागरिक शिक्षित दक्ष देशभक्त स्वावलम्बी अनुशासित स्वरोजगार,रोजगारीको सिर्जना गर्ने आत्मनिर्भर प्रविधि र सूचनाको युक्त नागरिकको उत्पादन,जिम्मेवार नैतिकता विवेचना अर्थ व्यवसाय सहकारिताबाट सहकारी मार्फत शिक्षालाई मानवीयता कर्तव्य उत्तरदायित्व सैद्धान्तिक भन्दा व्यवहारिक बनाई समतामूलक समाज निर्माणको परिकल्पना गर्न सकिन्छ ।
होइन आआफ्ना स्वार्थ सिद्ध गर्ने युवाहरूलाई सधैँ दलका झन्डा बोकाएर मुर्दावाद जिन्दाबाद गरेर जिन्दगीभर गुजारा गर्ने हो भन्ने ठिकै छ, नत्र प्राकृतिक धनी सम्भावनाको खानी मुलुकमा सधैँ अभाव अराजकता राजनैतिक खिचातानी काटमार गालीगलौज अस्थिरता हत्याहिंसा बलात्कार कुशासन दण्डहीनता अराजकता चलिरहनेछ ।














