• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिम लगानी सम्मेलनलाई ५५ आयोजनाको सूची

  •   शनिबार, माघ ०६, २०८० मा प्रकाशित

धनगढी– ‘प्रदेश लगानी तथा विकास सम्मेलन’ को तयारीमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले त्यसका लागि ५५ आयोजनाको सूची तयार गरेको छ । आगामी फागुन २३ र २४ मा धनगढीमा लगानी सम्मेलन हुँदैछ । सम्मेलन मूल आयोजक समितिले आयोजना सूचीकरण गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाह संयोजकत्वमा रहेको समितिले लगानीकर्ता, परामर्शदाता तथा विज्ञसँगको छलफलबाट ती आयोजनाको सूची बनाएको हो ।

समितिका कार्यकारी सदस्य नृपबहादुर सुनारले सम्मेलनमा राखिने आयोजनाको सूची परिष्कृत बनाउन विस्तृत विवरण तयार गरिरहेको जानकारी दिए । लगानीकर्ता, सम्बन्धित निकाय, परामर्शदाता र विज्ञसँग छलफल गर्ने क्रम जारी रहेको उनले बताए । समितिले बनाएको सूचीअनुसार पर्यटन क्षेत्रका १२, उद्योग तथा खानीका १०, कृषिका १८, वन क्षेत्रका २, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ५, ऊर्जाका २, सूचना–प्रविधि क्षेत्रका ३ र शिक्षाका ३ आयोजना छन् ।

बूढीतोला रिसोर्ट, कर्णाली टापु रिसोर्ट, महाकाली रिभर वाटर फन पार्क, शुक्लाफाँटा वाइल्डलाइफ रिसोर्ट, त्रि–त्रिवेण धाम ९सेती–कर्णाली, भेरी–कर्णाली र मोहना–कर्णाली०मा डुंगा र सडक कनेक्टिभिटी, टीकापुर पर्यटकीय पार्क, रामारोशन, बडिमालिका खप्तड इको टुरिजम रिसोर्ट, अपि र साइपालमा हिमालय वाटर प्रोजेक्ट, कर्णाली, सेती र महाकालीमा ¥याफ्टिङ, कर्णाली पुल बहुआयामिक पर्यटन परियोजना, पाँचतारे होटल, हेलिकप्टर सफारीजस्ता आयोजना पर्यटन क्षेत्रमा समेटिएका छन् ।

उद्योग तथा खानी क्षेत्रमा चुनढुंगा र कच्चा रत्न उत्खनन् उद्योग, प्लाइउड उत्पादन गर्न काष्ठ उद्योग, जडीबुटी संकलन तथा प्रशोधन उद्योग, सिमेन्ट उद्योग, फलाम उत्खनन् उद्योग, कृषि औजार उत्पादन कारखाना, प्राकृतिक ग्यास र अर्गानिक मल उत्पादन, गन्धक उद्योग, खरी उद्योग, चुनढुंगा उद्योग समावेश गरिएको छ ।

कृषि क्षेत्रमा सिंगल सुपरफोस्फेट मल उत्पादन कारखाना, दाना उद्योग, भेडाच्यांग्रा फार्मिङ (मासु तथा ऊन उत्पादन, प्रशोधन र बजारीकरण), व्यावसायिक दुग्धजन्य पदार्थ उत्पादन र बजारीकरण, ह्याचरी उद्योग, सुन्तला जात फलफूल उद्योग स्थापना (जेली, जुस, जाम उद्योग), अदुवा, बेसार, खुर्सानीलगायत मसला उद्योग, स्याउ र अन्य फलफूलबाट तयार हुने वाइन तथा डिस्टिलरी उद्योग, अर्गानिक रैथाने बाली उत्पादन तथा प्रशोधन प्लान्ट, धान प्रशोधन प्लान्ट, गहुँ प्रशोधन प्लान्ट, जैतुन प्रशोधन प्लान्ट, तेलहन बाली उद्यम, माछा उद्यम, केरा उद्यम, कफी उद्यम, खाद्यान्न तथा तरकारीको बीउ प्रशोधन उद्योग, ओखर, पिकानट, किवी, स्याउ, सुन्तला लगायतका फलफूलको व्यावसायिक बगैंचा स्थापना जस्ता आयोजना समेटिएका छन् ।

कागज उत्पादन गर्न शुक्लाफाँटा घाँस उद्योग र बडु तथा बावियोबाट नेपाली कागज उत्पादन गर्न नेपाली कागज उद्योग वन क्षेत्रमा प्रस्ताव गरिएको छ । सुदूरपश्चिम सार्वजनिक यातायात, ९ जिल्लामा २५ वटा चार्जिङ स्टेसन, बडिमालिका केबलकार, चिसापानी–राजकाँडा केबलकार, गोदावरी–बूढीतोला केबलकार पूर्वाधार तथा यातायात क्षेत्रमा प्रस्ताव गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा घोषणा गरेको धनगढी–अत्तरिया मोनोरेल समावेश गर्ने वा नगर्ने विषयमा समिति निर्णयमा पुग्न सकेको छैन ।

सात मेगावाटको नौगाड जलविद्युत आयोजना र ८ मेगावाटको सुर्नया जलविद्युत आयोजना ऊर्जा क्षेत्रमा समावेश गरिएको छ । प्रदेश सरकारले पाँच वर्षदेखि यी आयोजनाको सम्भाव्यता अध्ययन गरी परियोजना प्रतिवेदन बनाइरहेको छ । आईटी पार्क, डाटा सेन्टर प्रोजेक्ट र सूचना तथा जैविक प्रविधि प्रतिष्ठान सूचना तथा प्रविधि क्षेत्रमा समेटिएका छन् । सेती शिक्षण अस्पताल, पोलिटेक्निक इन्स्टिच्युट, बूढानीलकण्ठ मोडेलको निजी साझेदारीमा आवासीय माध्यमिक विद्यालय शिक्षा क्षेत्रमा समावेश गरिएको छ । यी आयोजना लगानी सम्मेलनमा पेश गरिनेछ ।

उद्योग, व्यवसाय, बैंकिङ लगायतका क्षेत्रका सम्भावित आयोजना माग गरिएको समितिका सदस्य सुनारले बताए । ‘प्रारम्भिक सूचीमा परेका आयोजना नै सम्मेलनमा पेश हुन्छन् भन्ने निश्चित छैन । आयोजना थपघट हुने सम्भावना पनि छ । आयोजनाको लागत, प्रतिफलको अवस्था, लगानीकर्तालाई सरकारबाट प्राप्त हुने सहुलियत लगायतका प्राविधिक पक्षबारे विज्ञहरुले गृहकार्य गरेपछि मूल आयोजक समितिले अन्तिम निर्णय गर्छ,’ उनले भने । कारोबारबाट

 

  • लगानी सम्मेलन
शनिबार, माघ ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

समाचार

सबै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.