धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीमा रहेको जनजागृति माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको छ । विद्यालय परिसरमा अशोकका बोटबिरुवा वृक्षारोपण गरिएको हो ।
आफूले रोपेको बिरुवाको सुरक्षा ,गोडमेल तथा बेला–बेला पानीको व्यवस्थापन गरी विद्यालय परिसर हरियाली बनाउने उद्देश्यका साथ विद्यालय परिसरमा वृक्षारोपण गरिएको विद्यालयका प्राचार्य टेकबहादुर क्षेत्रीले बताए ।
वृक्षारोपणमा शिक्षक,शिक्षिका र कक्षा १२मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।























