• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बयालपाटा अस्पतालका लागि नौ करोड बजेट माग

  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित

धनगढी– अछाम जिल्लाका जनप्रतिनिधिले बयालपाटा अस्पताल सञ्चालन गर्न सुदूरपश्चिम प्रदेश सरकारसंँग नौ करोड रुपैयाँ अनुदान माग गरेका छन् । उनीहरूले अछामको साँफेबगरमा रहेको बयालपाटा अस्पताल सञ्चालन गर्न बजेट अभाव भएकाले सो रकम माग गर्दै नदिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रदेश सरकारको मातहतमा रहेको सो अस्पतालका लागि विगत तीन वर्षसम्म प्रदेश सरकारले अनुदान दिएको थियो । सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्काले आर्थिक वर्ष २०७७/०७८ मा सात करोड, २०७८/०७९ मा आठ करोड र २०७९/०८० मा नौ करोड रुपैयाँ प्रदेश सरकारबाट अनुदान प्राप्त भई अस्पताल सञ्चालन भएको बताए ।

उनले चालु आर्थिक वर्षमा समेत सोही बराबरको रकम विनियोजन गर्नुपर्नेमा छुटाएको बताए । उनले चालु आर्थिक वर्षमा रकमान्तर गरेर भए पनि सोही बराबरको बजेट विनियोजन गर्नुपर्ने बताए ।

अस्पताल सञ्चालन गर्न वार्षिक २२ करोड बजेट आवश्यक हुने गरेकोमा दातृ संस्था न्याय हेल्थ नेपालले चालु आर्थिक वर्षमा १३ करोड बजेट व्यवस्था गरेको पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले बताए । उनले एक करोड साँफेबगर नगरपालिकाले विनियोजन गरेको बताए ।

अछामका जनप्रतिनिधिले धनगढीमा पत्रकार सम्मेलन गरी बाँकी रकम प्रदेश सरकारले बेहोर्नुपर्ने माग राखे । उनीहरूले अस्पतालका लागि बजेट व्यवस्थापन नगरे प्रदेश सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा सदस्य कुँवरले अछाम र त्यस वरपरका रिफरल अस्पतालको रूपमा रहेको बयालपाटा अस्पताल सञ्चालनमा समस्या भएको बताउँदै सरकारले अछाम जिल्लाको माग सम्बोधन गर्नुपर्ने बताए । उनले यसअघि पनि तीन पटक प्रदेश सरकारले अनुदान दिइसकेकोमा चालु आर्थिक वर्षमा समेत अनुदान दिन प्रदेश सरकारलाई कुनै समस्या नरहेको बताए ।

उनले चालु आर्थिक वर्षमा बजेट विनियोजन गर्न छुटाएकोमा प्रदेश सरकारलाई प्रश्नसमेत गरे । उनले बजेट नदिए अछाम जिल्ला आन्दोलित हुने बताए । प्रदेशसभा सदस्य खड्काले पटकपटक मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई बजेट विनियोजन गर्न पहल गर्दा पनि हालसम्म सुनुवाइ नभएको बताए । अनुदान दिनुपर्ने प्रदेश सरकारले आफूहरूलाई आश्वासनमात्रै दिइरहेको बताए ।

‘हामीलाई एक हप्ता बजेट व्यवस्था हुन्छ भनिएको थियो,’ खड्काले भने, ‘तर अहिलेसम्म बजेट व्यवस्था भएको छैन । बजेट नहुँदा अस्पताल बन्द हुने अवस्थामा पुगिसकेको छ ।’

साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले बयालपाटा अस्पतालले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका बासिन्दालाई निःशुल्क उपचार सेवा प्रवाह गर्दै आएको बताए ।

अस्पताल सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपालबीच सम्झौतासमेत भएकोमा बजेट विनियोजन नगरिएको उनले प्रदेश सरकारको आलोचना गरे । उनले ५० शैयाको बयालपाटा अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले न्याय हेल्थसँंग पाँच वर्षसम्म नौ करोड बजेट विनियोजन गर्ने सम्झौता गरेको बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री समेत अछाम जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनले बयालपाटा अस्पतालको समस्या सदाका लागि अन्त्य गर्ने गरी बजेट व्यवस्थापनमा जुटेको बताएका छन् । उनले सो अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले अनुदान नभई सरकारी अस्पताल सरह हरेक वर्ष बजेट विनियोजन हुने व्यवस्था गर्नुपर्ने बताए ।

सो अस्पताल विदेशी दातृ निकायबाट स्थापना भई सञ्चालन भएको थियो । संघीयतासंँगै सो अस्पताललाई संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । हालसम्म सो अस्पतालको व्यवस्थापन दातृ निकायले गर्दै आएको छ ।

  • बयालपाटा अस्पताल
शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.