• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद

  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित

कञ्चनपुर- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकेको छ। संस्थानले किसानबाट यस वर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएको भए पनि दुई हजार नौ सय ५१ क्विन्टलमात्रै खरिद गर्न सकेको हो। गत वर्ष पनि खाद्य संस्थानले किसानबाट लक्ष्यअनुसारको धान खरिद गर्न सकेको थिएन।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका सूचना अधिकारी तपेन्द्र उपाध्यायले यस वर्ष लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकिएको जानकारी दिए। ‘हामीले यस वर्ष किसानबाट १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ’, उपाध्यायले भने, ‘समयमै धानको समर्थन मूल्य तोकेर खरिद सुरु गरे पनि लक्ष्यअनुसार धान खरिद गर्न सकिएन।’

उनले सरकारले समर्थन मूल्य तोकेर किसानको धान खरिद गर्न सुरु गर्नेबित्तिकै बजारमा धानको मूल्यवृद्धि भएकाले किसान धान बेच्न खाद्यमा नआएको बताए। ‘बजारमा धानको मूल्यवृद्धि भएपछि किसान धान बिक्री गर्न यहाँ आएनन्’, उनले भने, ‘गत वर्ष पनि हामीले लक्ष्यअनुसार धान खरिद गर्न सकेका थिएनौँ।’

गत वर्ष खाद्य संस्थानले किसानबाट १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा तीन हजार क्विन्टलमात्रै खरिद गर्न सकेको थियो। यता किसान भने खाद्य संस्थानमा धान खरिद गर्न प्रक्रियागत झन्झटका कारण बजारमा धान बिक्री गरेको बताउँछन्। ‘हामीले आफ्नै धान खरिद गर्नसमेत शुल्क तिर्नुपर्ने भयो’, यहाँका किसान खुसी रानाले भने, ‘धान बिक्री गर्न वडा कार्यालय गएर सिफारिस बनाउनुपर्‍यो, त्यसको पाँच सय रुपैयाँसम्म सिफारिसको शुल्क तिर्नुपर्छ।’ उनले सरकारले किसानका लागि सजिलो हुनेगरी धान खरिद गर्ने व्यवस्था नमिलाएको बताए।

सरकारले तोकेको मूल्यभन्दा बजारमा राम्रो मूल्य पाएपछि खाद्यलाई धान बिक्री नगरेको अर्का किसान लालसिंह डगौरा बताउँछन्। ‘खाद्यलाई धान बिक्री गर्न सिफारिस बनाउनमै पाँच–सात सय रुपैयाँ खर्च हुने, त्यो झन्झटभन्दा बजारमा बिक्री गरेका हौं’, उनले भने। उनले सरकारले जहिल्यै ढिलोगरी धान खरिद गर्ने भएकाले किसान मर्कामा पर्ने गरेको बताए। सरकारले समयमै धान खरिद गरे किसानले उचित मूल्य पाउने किसान गणेश भट्टले बताए।

‘सरकारले ढिलो गरेको फाइदा व्यापारीले उठाउँछन् किसान समस्यामा छन् भन्ने थाहा हुन्छ र सस्तोमा खरिद गर्छन्’, भट्टले भने, ‘सरकारले समयमै धान खरिद गरेमात्रै किसानलाई न्याय हुन्छ।’ कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धानखेती गरिन्छ। कञ्चनपुरमा धानको उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ। रासस

 

  • धान खरिद
शनिबार, माघ १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.