• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

लम्की साङ्गीतिक महोत्सवको आयव्यय सार्वजनिक

  •   शनिबार, माघ २७, २०८० मा प्रकाशित

लम्की- लम्की साङ्गीतिक महोत्सव तथा व्यापार मेलाको आयव्यय सार्वजनिक गरिएको छ । आज सामुदायिक रेडियो पश्चिम आवाजको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको आयव्यय सार्वजनिक गरिएको हो ।

‘शिक्षा र सूचना विकासको अभियान, कृषि व्यापार, संस्कृति र पर्यटन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा गत पुस ५ गते देखि १६ गतेसम्म लम्कीमा सञ्चालित महोत्सव अवधिभर कूल ५५ लाख ७३ हजार पाँच सय बराबरको कारोबार भएको महोत्सव मूल आयोजक समितिका उपसंयोजक एवम् आर्थिक संयोजक दिपककुमार तिमिल्सेनाले जानकारी दिए ।

उहाँका अनुसार करिब एक लाख ५० हजार बढीले महोत्सवको अवलोकन गरेको थिए । महोत्सवबाट १६ लाख ३० हजार आठ सय ३८ बचत भएको आर्थिक संयोजक तिमिल्सेनाले जानकारी दिए । महोत्सवबाट आम्दानी भएको रकमले रेडियोको स्तरोन्नति, उपकरण खरिद र भवन निर्माणमा खर्च गरिने पत्रकार सम्मेलनमार्फ्त उनले बताए । बाह्र दिनसम्म सञ्चालन भएको उक्त महोत्सवले यस क्षेत्रको कृषि, पर्यटन र व्यापारको प्रवर्द्धन गर्नुका साथै सुस्त रहेको व्यापार व्यवसायलाई चलायमान बनाएको महोत्सव मूल आयोजक समितिका संयोजक खडानन्द सापकोटाले बताए ।

“सामुदायिक रेडियो सबैको साझा सम्पत्ति हो । यसले सार्वजनिक हितका साथै समाजका कुरालाई प्रसारण गर्दै आएको छ”, उनले भने, “महोत्सवबाट सङ्कलन भएको रकमले भवन निर्माण तथा उपकरण खरिद गर्नेछौँ । महोत्सव सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद दिन चाहन्छु ।” लम्कीचुहा नगरपालिका-३ का वडाध्यक्ष एवम् नगर प्रवक्ता लबबहादुर शाहीका अनुसार देशको अर्थतन्त्र शिथिल रहेको अवस्थामा थोरै भए पनि महोत्सवले अर्थतन्त्र चलायमान बनाएको छ ।

यस क्षेत्रको सार्वजनिक सम्पत्तिका रुपमा रहेको सामुदायिक रेडियोको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण रहेको उनले बताए । पत्रकार सम्मेलनमा रेडियोका संस्थापक अध्यक्ष बुद्धिप्रसाद खनालले महोत्सवलाई आम्दानी, खर्च र फाइदाका रुपमा हेर्नुभन्दा पनि मनोरञ्जन, पर्यटन प्रवर्द्धन तथा व्यापारसँग जोड्नुपर्ने बताए । रेडियोका लेखासमिति संयोजक मोतिप्रसाद उपाध्यायले रेडियोले आयोजना गर्ने हरेक कार्यक्रमको छुट्टै विशेषता रहेको भन्दै महोत्सवले स्थानीय स्रोतसाधनको उपयोग गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको बताए ।

पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका सदस्य गणेशराज ओली, रेडियोका प्रबन्ध निर्देशक युवराज न्यौपानेलगायतले महोत्सव सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । महोत्सवमा आम्दानी भएको कूल रकममध्ये १० लाख बढी उठ्न बाँकी रहेको रेडियोले जनाएको छ । आजै बसेको रेडियो सञ्चालक समितिको बैठकले लम्की सञ्चार समूहको स्थापना दिवसका अवसरमा आगामी चैत १७ गते रेडियोको नवौँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । रासस

  • आयव्यय सार्वजनिक
शनिबार, माघ २७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.