धनगढी- कञ्चनपुरको भीमदत्त नगरपालिका–६ सुकासालबाट अन्दाजी ८ हजारको माछा बरामद गरिएको छ। शुक्लाफाँटा नगरपालिका–१२ कलुवापुर बेलौरी सडक खण्डस्थित काला गौडीबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ७९ हजार ४ सय ४८ मूल्यको चिनी, जिरा, हरियो मटर, मिठाई, चकलेट, सुर्ती लगायतका सामान बरामद गरिएको छ।
यता कैलालीको धनगढी उपमहानगरपालिका–२ चौराहा नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी १६ हजार ९ सय मूल्यको चिनी, जिरा, कलरपाउडर लगायतका सामान र धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहाबाट अन्दाजी १५ हजार ६ सय ५० मूल्य बराबरको चिनी, प्याज, जिरा, नमकिन लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।













