• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

बिनालाई सुदूरपश्चिमको सहइन्चार्ज नस्वीकार्ने भन्दै केन्द्रीय सदस्यले गरे बैठक बहिष्कार

  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित

काठमाडौँ – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको सहइन्चार्जको विषयलाई लिएर विवाद भएको छ । सिनियर नेताहरूलाई पाखा लगाएर जुनियर बिना मगरलाई प्रदेशको सहइन्चार्ज बनाइएको भन्दै सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले बैठक बहिष्कार गरेका छन् । उनीहरूले बिनालाई सहइन्चार्जका रूपमा स्वीकार्न नसकिने बताएका छन् ।

माओवादी केन्द्रको स्थायी समितिको १६ फागुनमा बसेको बैठकले उपमहासचिव गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज र केन्द्रीय सदस्य बिना मगरलाई सहइन्चार्ज बनाउने निर्णय गरेको थियो । सहइन्चार्ज बनाइएकी बिना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । सुदूरपश्चिम प्रदेशको इन्चार्ज यसअघि सचिव डिलाराम आचार्य र सहइन्चार्ज स्थायी समिति सदस्य खगराज भट्ट थिए ।

उपमहासचिवसमेत रहेका इन्चार्ज पोखरेलले बिहीबार धनगढीमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए । बैठकमा सहइन्चार्जका मगर पनि सहभागी थिइन् । तर, सहइन्चार्ज मगर बैठकमा सहभागी भएको भन्दै पाँच जना केन्द्रीय सदस्यहरूले बैठक बहिष्कार गरेको केन्द्रीय सदस्य हरि ज्ञवालीले बताए ।

‘सिनियर साथीहरू बस्ने भनेर इन्चार्ज पोखरेलले बैठक बोलाउनु भएको थियो । हामी बैठकमा गयौँ । तर, धेरै जुनियरलाई सहइन्चार्ज बनाएको कुरा मान्य छैन भनेर बैठक बहिष्कार गर्‍यौँ,’ ज्ञवालीले भने ।

बिनालाई सहइन्चार्ज बनाउने निर्णय सच्याउनुपर्ने ज्ञवालीको माग छ । ‘स्थायी समितिले गलत निर्णय गरेको छ । बिनालाई सहइन्चार्ज बनाउने निर्णय सच्याउनुपर्छ । पार्टी बनाउने हो भने विधिमा चल्नु पर्‍यो । पार्टीमा उचित मूल्यांकन हुनु पर्‍यो । यो निर्णय हामीले स्वीकार्दैनौँ,’ उनले भने ।

धेरै सिनियर नेताहरूलाई पाखा लगाएर अध्यक्ष प्रचण्डले आफ्नी बुहारी बिनालाई सहइन्चार्ज बनाएकाले विवाद सुरु भएको उनले बताए । ‘प्रचण्डलाई यो पार्टी बनाउनुपर्छ भन्ने भन्दा पनि आफ्नो परिवारको व्यवस्थापनको चिन्ता छ । यो गलत निर्णय नसच्याउँदासम्म हामीहरू बैठकमा जाँदैनौँ,’ उनले भने ।

उपमहासचिव पोखरेलले बोलाएको बैठक ज्ञवालीसहित केन्द्रीय सदस्यहरू नेपबहादुर चौधरी, विरमान चौधरी, भगत बडुवाल र हेमराज भट्टराईले बहिष्कार गरेका हुन् । ‍संगठनमा खट्नेहरूले जिम्मेवारी नपाउने तर प्रचण्डको बुहारी भएकै कारण सहइन्चार्ज बनाइएपछि सुदूरपश्चिम प्रदेशका नेताहरू पनि रुष्ट बनेको प्रदेश समितिका एक सदस्यले बताए ।

‘पार्टीले अन्तिम सास फेरिरहेको छ । यसलाई बनाउनेभन्दा पनि सक्न नेताहरूबीच लागिरहेका छन् । सिनियरलाई पाखा लगाएर जुनियरलाई जिम्मेवारी दिने काम भयो । निर्णय नसच्चिए पार्टी बिस्तारै सकिन्छ,’ ती नेताले भने ।

तर, अध्यक्ष प्रचण्डनिकट नेताहरूले भने बिनालाई सहइन्चार्ज बनाएको विषयमा विवाद नभएको दाबी गर्छन् । उनीहरूले उपमहासचिव जनार्दन शर्मा समूहले बिनालाई सहइन्चार्जका रूपमा नस्वीकारेको बताउँछन् । ‘सुदूरपश्चिममा गुटको असर देखिएको छ । उपमहासचिव शर्माको समूहले बिनाजीलाई सहइन्चार्ज नस्वीकारेको हो । हामीले पार्टीको निर्णय मान्छौँ,’ ती केन्द्रीय सदस्यले भने ।

केन्द्रीय सदस्य कर्णबहादुर विकले भने बिहीबारको अनौपचारिक छलफलमा केही नेताहरूले स्थायी समितिको निर्णयप्रति असहमति जनाएर बैठकबाट बाहिरिएको बताए । उनका अनुसार प्रदेशमा भएका केन्द्रीय सदस्यहरूको बैठक शुक्रबार (आज) बस्न लागेको छ । तर, आज बोलाइएको बैठक पनि आफूहरूले बहिष्कार गर्ने केन्द्रीय सदस्य ज्ञवालीले बताएका छन् ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा नेताहरूबीचको गुटगत लडाइँ तीव्र छ । गुटगत लडाइँकै कारण सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट स्थायी समिति सदस्य खगराज भट्टलाई हटाइएको थियो । प्रदेशसभामा रहेका माओवादी केन्द्रका ११ सांसदमध्ये ६ सांसदले १२ माघमा छुट्टै भेला गरेर भट्टलाई संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएका थिए ।

भट्टलाई संसदीय दल नेतामा हटाउन संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी माल एकजुट भएका थिए ।

 

  • बैठक बहिष्कार
शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ

समाचार

सबै

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.