• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

पशुपालनबाट मनग्ये आम्दानी गर्दै उपाध्याय

  •   मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित

अत्तरिया(कैलाली)- कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका उमेशराज उपाध्यायले पशुपालनबाट मनग्ये आम्दानी लिन थालेकाछन् । अधिकांश समय गाईभैँसी स्याहार्न, दुहुन र दूध बेच्नमै बिताउने उनी बिहान ४ बजेदेखि बेलुकी ६ बजेसम्म पशुपालानमै व्यस्त रहन्छन् ।

विसं २०७६ मा ओमशान्ति बहुउदेश्यीय पशुपन्छीपालन तथा अर्गानिक तरकारीखेती फर्म दर्ता गरेर व्यवसायिक पशुपालनमा लागेका उपाध्यायले हाल चार वटा जर्सी तथा होलिस्टिन जातका गाई र एउटा भैँसी पालेकाछन् ।

उनले दूध बेचेर मासिक ९० हजार आम्दानी लिने गरेको बताए । उनले भने, “दैनिक ३० देखि ३५ लिटर दूध बिक्री गर्छु, दूध प्रतिलिटर रु ९० मा बिक्री हुन्छ ।” चार जनाको परिवारको खर्च दूध बिक्री गरेकै आम्दानीले धानेको उनले बताए । दुई छोराको पढाइ खर्च, घर खर्च, गाईभैँसीको दाना, घाँसको खर्च कटाएर वार्षिक आठ लाख बचत हुने गरेको उनको भनाइ छ ।”

रु नौ लाख ऋण लिएर पाँच वटा भैँसीबाट व्यवसाय सुरु गरेका उपाध्यायले भैँसीभन्दा गाईपालन सहज हुने भएपछि पछिल्लो समय गाईपालनलाई प्राथमिकता दिएकाछन् ।
“पहिले एक बिघा जग्गा भाडामा लिएर त्यहीँ गोठ बनाएर व्यवसाय सुरु गरेको थिएँ”, उनले भने, “अहिले आफ्नै जग्गामा गोठ बनाएको छु । घाँसका लागि वार्षिक एक लाखमा एक बिघा जग्गा भाडामा लिएको छु ।”

कोरोनाले आफूलाई कृषक बनाएको उपाध्याय बताउँछन् । “मैले पहिले धनगढीमै फोटोकपी, प्रिन्ट, इमेल, इन्टरनेट सेवासहितको पसल राखेको थिएँ । कोरोनापछि पसलको भाडा तिर्न नसकिने अवस्था आयो र घरखर्च चलाउन सकिएन”, उनले भने, “त्यसपछि मैले कृषिमा लाग्नुपर्छ भन्ने सोच बनाएर पशुपालनमा लागेँ, अहिले आम्दानी पनि राम्रै छ ।”

उनले गाईपालनसँगै स्थानीय जातका कुखुरापालन र तरकारीखेती पनि गरेकाछन् । ३५ वटा स्थानीय जातका कुखुरा पाल्लेकाछन् । सरकारले घाँसको बीउ समयमै उपलब्ध गराइदिए र औषधिको व्यवस्था गरिदिए गाईपालन अझै सहज हुने उनको भनाइ छ ।

पछिल्लो समय गाईभैँसीपालनमा किसानको आकर्षण बढ्दै जाँदा जिल्लामा दूध उत्पादन बढ्न थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीका सूचना अधिकारी कविराज कठायतले बताए ।

उनले जिल्लामा वार्षिक ८३ हजार छ सय ४३ लिटर दूध उत्पादन हुने गरेको बताए । केन्द्रले गाईभैँसीपालन गर्ने किसानलाई गोठ निर्माणमा ५० प्रतिशत अनुदान दिने गरेको उनले बताए । रासस

  • पशुपालनबाट
मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनको मूल्य बढ्यो
लागूऔषधसहित ३ जना पक्राउ
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा
कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ
सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

समाचार

सबै

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.