धनगढी- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत चुरे गाउपालिकाले ७४ जनालाई रोजगारी दिएको छ ।
आर्थिक बर्ष २०८०÷८१ मा गाउपालिकाका ६ वटै वडाका ७४ जनाले सो कार्यक्रम अन्र्तगत रोजगारी पाएका हुन ।
संघीय सरकारबाट करिब ६९ लाख ८३ हजार आएको बजेट मध्ये रोजगार कायक्रम अन्र्तगत ४९ लाख ४३ हजार बजेट बिनियोजन भएको चुरे गाउँपालिकाका रोजगार संयोजक हिरा कुमारी भाटले निशाना न्युज लाई जानकारी दिईन ।
बाँकी २० लाख ४० हजार बचेको रकमबाट तलब ,प्रशासनिक खर्च,सेवा केन्द्रको सुदृढीकरण लगायतका क्षेत्रमा खर्च गरिएको उनले बताईन ।
वडा कार्यालयको पर्खाल निर्माण ९,मंगलपुर मस्ये सडक मर्मत योजना ६,चौतारी नौमुलेधाम पदमार्ग निर्माण योजनामा १२ जनाले ज्यालादारी काम गरेको छ ।
बोजे खोलादेखि सानो धपरेनी गोरेटो बाटो निर्माण र चौकी डाडादेखि सुब्बा डाडा घोरेटो बाटो निर्माणमा ६ र चमेरो गुफा गोरेटो बाटो तथा फिल्ड निर्माण योजनामा ७ जनाले ज्यालादारी काम गरेको उनले बताईन ।
नवाडी सेरा भतmपुर वसर सडक मर्मत योजना ६, कुटी देखि लोसे बाटो निर्माण योजना ५,वडा कार्यालय गार्डेन निर्माण तथा पथ मार्ग निर्माण योजनाा ९ जनाले ज्यालादारी गरेको उनको भनाई छ ।
त्यस्तै ढुवानी मेलखोला गोरेटो वाटो निर्माण योजना ६ र शान्तिनगर वसेरी गोरेटो बाटो निर्माण योजनामा ७ जनाले रोजगारी पाएको उनले बताईन ।
आर्थिक बर्ष २०७९÷८० मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत चुरे गाउपालिकामा १२७ जनाले रोजारी पाएको संयोजक भाटले बताईन ।
संघीय सकारबाट ९५ लाख १८ हजार बजेट छुट्याइएको बजेट मध्ये रोजगारीका लागी ७३ लाख २७ हजार ९ सय रुपैयाँ बिनियोजन भएको उनले बताइन ।














