टंक कुंवर
कैलाली । घरेलु तथा साना उधोग कार्यालय कैलालीले एक करोड ४४ लाख ९७ हजार राजश्व असुल गरेको छ ।
चालु आर्थिक बर्षको बैशाख मसान्त सम्ममा उधोग दर्ता नबिकरण,ठाउँसारी नामसारी गरे बाफत बाट सो राजश्व असुल भएको हो ।
त्यस्तै चालु आर्थिक बर्षमा मात्र ६६१ नयाँ उधोग दर्ता भएको घरेलु तथा साना उधोग कार्यालय कैलालीका लेखा अधिकृत टिकेन्द्र प्रशाद जोशीले निशाना न्युजलाइ जानकारी दिए ।
१३० उत्पादन,२९६ कृर्षि २३५ सेवा मुलक क्षेत्रमा काम गर्ने उधोग दर्ता भएको उनले बताए ।
कार्यालयमा हाल सम्म दर्ता भएका टोटल उधोग १५ हजार ४९६ रहेको घरेलु तथा साना उधोग कार्यालय कैलालीका तथ्यांक सहायक बिनोद चौधरीले बताए ।
कृर्षिमा ६ हजार ५१७, उत्पादन ३ हजार२१५, निर्माणमा २ ,प्रयटन,६५,सुचना प्रबिधि,१२ सेवामुलक क्षेत्रमा काम गर्ने उदेश्यका का लागी ५ हजार ६८५ उधोग दर्ता भएको उनको भनाइृ छ ।
जेठ १ देखि १४ गते सम्ममा ५ लाख ९८ हजार ७०० रुपैया राजश्व असुल भएको घरेलु ताथ साना उधोग कार्यालय कैलालीका लेखा अधिकृत टिकेन्द्र प्रशाद जोशीले बताए ।
घरेलुमा ३ हजार ६७६ ब्यबसायिक फर्म थप
घरेलु तथा साँना उधोग कार्यालयमा ३ हजार ६७६ ब्यबसायिक फर्म थप भएका छन ।
बाणिज्य तथा आपुर्ति कार्यालयले हस्तान्तरण गर्दा घरेलु कार्यालयमा सो फर्म थपिएको हो । पुस १ गते यता २५९ नयाँ फर्म दर्ता भएको चौधरीले बताए ।
साझेदारी २ छन भने ,खारेजी ६९ फर्म रहेको उनले बताए ।













