चितवन । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चितवनको माडी पुगेका छन् । चितवनको माडीमा पार्टीले सञ्चालन गरेको जनकम्युन अवलोकन गर्न महासचिव विप्लव आफ्नो सचिवालय टिमसहित शनिवार चितवन पुगेका हुन् ।
नेकपाले चितवनको माडीमा २० विघा क्षेत्रफलको जग्गा लिई जनकम्युन सञ्चालन गर्दै आएको विप्लव निकट पत्रकार सङ्गठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय उत्पादन विभाग गठन गरी पार्टीका विपिएम सन्देश पौडेललाई मुख्य जिम्मेवारी तोकेको छ ।
चितवनका स्थायी बासिन्दा समेत रहेका पौडेलको नेतृत्वमा २० बिघा क्षेत्रफलको जग्गामा ५ बिघामा माछा फर्म सञ्चालन गरिएको छ भने ४ विघामा चैते धान ,करिब ४ विघा क्षेत्रमा मकै, कृषि औजार र सिँचाइका लागि आधुनिक बोरिङ गाडिएको छ ।रातोपाटीबाट














