काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुनको मूल्य २८ सय रुपैयाँले बढेर कारोबार भएको हो ।
यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ कायम छ ।
यो साता सोमबार मात्रै सुनको मूल्य ओरालो लागेको थियो ।
अन्य दिन मूल्य निरन्तर बढ्दै कीर्तिमानमाथि कीर्तिमान कायम बन्यो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो ।
यो मूल्यमा साताको अन्तिम कारोबार दिनसम्म २८ सय रुपैयाँले बढेको हो ।यस्तै यो साता चाँदीको मूल्यमा समेत वृद्धि आएको छ । साताभरमा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १९ सय रुपैयाँ कायम छ ।













