धनगढी । कैलाली र कंञ्चनपुरका बिभिन्न स्थानबाट प्रहरीले दुईलाख बढी भन्सार छलीका सामान बरामद गरेको छ ।
कैलालीको धनगढी ३ व्यारेल र बिशालनगर, ८ क्याम्पस चोक र गोदावरी २ महेन्द्रनगर रोड रिङ्गरोड जाने बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी रु९०,३००।–मुल्य पर्ने प्याज, चिनी, सुर्ती, डिस्पोजल प्लाष्टिक, प्लाष्टिक गिलास, पास्ता, नरिवल, सरप,
कपडा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी बरामद गरिएको जनाएको छ । त्यस्तै कञ्चनपुरको भिमदत्त १० गज्जर र बेलौरी १० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु १,७६,५८०।– बराबरको पेय पदार्थ, बच्चाका खेलौना, कुर्ती, चुन्नी, गम्छा, सानो ठुलो चुडी, कोरा थान कपडा, ब्लाउजको थान कपडा, सेतो प्लाष्टिक, बेल्ट, थरमस लगायतकासामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारि बरामद गरेको हो ।














