धनगढी- कैलालीको जानकी गाउँपालिकाले ९० जना कामदारलाई रोजगारी दिएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८०।८१ मा जम्मा सुचीकृत ६ सय ७४ मध्ये ९० जनालाई रोजगारी दिएको हो ।
एक सय दिन काम गर्नका लागि ७४ जनाका लागि बजेट आएको भएपनि केही व्यक्ति १० दिन काम गरेर जाने गरेका कारण कामदार थपिनाले ९० जना पुगेको रोजगार संयोजक तप्त अधिकारीले निशाना न्युजलाई जानकारी दिए । नेपाल सरकारबाट २३ लाख २२ हजार ,बिश्व बैंकले दिएको ऋया २६ लाख ७२ हजार गरी जम्मा ४९ लाख ९४ हजार बजेट आएको उनले बताए ।
रोजगार पाएकाहरुले २७ आयोजनामा काम गरेको उनले बताए । १२ आयोजना नेपाल सरकार र १५ आयोजना बिश्व वैक अन्तरगतको रहेको उनले बताए ।

बिश्व वैंक अन्तरगत बाटो तथा कुला सिचाई आयोजनाका कामलाई मर्मत संम्भार गर्नुपर्ने हुन्छ उनले भने सो काम १८ देखि ४० बर्षकाले मात्र गर्नु पर्ने भनिएको छ । नेपाल सरकार अन्तरगतका आयोजनामा नयाँ बाटो निकास, रेखाङ्कन,नक्साङ्कन, ढल तथा नाली निकासमा काम गर्नु पर्ने उनको भनाइ छ ।
कामदारका लागि दैनिक ज्याला ६ सय ६८ रुपैयाँ रहेको उनले बताए । ९० जनामा ४ जना मात्र पुरुष रहेका छन् । उनले भने ६ सय ७४ सुचीकृतमा ५ सय ७५ महिला र ९९ पुरुष रहेका छन । रोजगार संयोजक अधिकारीले भने शाखा अन्तरगत बैदेशिक रोजगार बार्डले प्रदान गर्ने आर्थिक सहयोगका लागि सहजिकरण गर्ने, श्रम स्वीकृत पूर्ण प्रदान गर्दै आएको छ । उनले गतसाल बिदेशबाट फर्किनेका लागि पूर्ण एकिकृत कार्यक्रम गरिनुका साथै सीपमुलक तालिम पनि दिएको बताए । त्यस्तै श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम, रोजगार संम्बाद मंच गठन लगायतका कामहरु रहेको उनको भनाइ छ ।














