धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाकाद्धारा अनुदानमा डिफ्रिज वितरण गरिएको छ ।
सो नगरपालिकाको पशु शाखाले नगरपालिकाभित्र सञ्चालित २९ जना मासु व्यवसायीहरुलाई ५० प्रतिशत अनुदानमा डिफ्रिज वितरण गरेको हो ।
पशु शाखा प्रमुख दिपेन्द्र परियारले दिएको जानकारी अनु्सार नगरभित्र सञ्चालित मासु व्यवसायीहरुलाई ५० प्रतिशत अनुदानमा डिफ्रिज वितरण गरिएको छ ।
उपभोक्ताले सहज रुपमा स्वस्थकर मासु पाउन भन्ने उद्देश्यले नगरभित्र सञ्चालित मासु व्यवसायीलाई अनुदानमा डिफ्रिज वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा नगरपालिकाले डिफ्रिज वितरणका लागि रु. १२ लाख बढी रकम विनियोजन गरेको थियो ।
डिफ्रिज वितरण कार्यक्रममा नगरप्रमुख देबीदत्त कँडेल, उपप्रमुख भोजबहादुर बम, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीको सहभागिता रहेको थियो ।














