धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ । दुबै जिल्लाका विभिन्न स्थानबाट आइतबार प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको हो ।
कैलालीको टीकापुर नगरपालिका–९ ठोसेबजारस्थित भित्री सडक खण्डमा अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी रु ८८ हजार ५६० बराबरको आलु, फेस्ल स्ल्फेट जिङ्क र प्याजलगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु.१० हजार ५ सय बराबरका प्लाष्टिकको डोरी, बिडी,सलाईलगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।















