• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बजेट अध्यादेश रोक्न बोलाइएको विशेष अधिवेशनको कार्यसूचिमै अलमल

"राजनीतिक दाउपेचमा सुदूरपश्चिमको अर्थ व्यवस्था "
  •   सोमबार, साउन ०७, २०८१ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशको अर्थ व्यवस्था राजनीतिक दाउपेचमा परेको छ । नेकपा एमालले आफ्नै सचेतकले प्रदेश सभामा प्रस्तुत गरेको बजेटको स्वामित्व नलिएपछि बजेट शुन्यतामा पुगेको प्रदेश सरकारले अध्यादेश मार्फत् पनि बजेट ल्याउने नसक्ने अवस्थामा पुगेको छ ।
बजेट अध्यादेश ल्याउने सम्पूर्ण तयारी गरिसकेर प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गरेको अर्को दिन बहुमत प्रदेश सभा सदस्यहरुले विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले साउन ८ गते २ बजे बस्ने गरी प्रदेश सभाको विशेष अधिवेशन बोलाएका छन् । सोही बमोजिम प्रदेश सभा सचिवालयले आइतबार सूचना जारी गर्दै प्रदेश सभाको बैठक बोलाएको छ ।

प्रदेश सभाको अधिवेशन नचलेको अवस्थामा मात्रै अध्यादेश ल्याउन सकिने संविधानको व्यवस्था अनुसार बजेट अधिवेशन साउन ३ गते मध्यराति १२ बजेबाट अन्त्य गरिएको थियो । तर मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सरकारले बजेट ल्याउन नसकोस् भन्ने चाहना भएको नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको रेमश समूहका ३४ जना सांसद्ले साउन ४ गते विहानै प्रदेश प्रमुखसंग विशेष अधिवेशन माग गरे । बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि प्रदेश प्रमुख मियाले प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको १२ घण्टा पनि नपुग्दै विशेष अधिवेशन आव्हान गरे ।

अध्यादेश ल्याउनका लागि प्रदेश सभाको अधिवेशन अन्त्य भएको कम्तिमा २४ घण्टा भएको हुनुपर्ने कानुनी व्यवस्था बमोजिम प्रदेश सरकारले साउन ५ गते बजेट अध्यादेश ल्याउने तयारी गरेको थियो । तर प्रदेश सभाको विशेष अधिवेशन आव्हान भएपछि प्रदेश सरकारको सो तयारी पनि तुहिएको छ ।

नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा आर्थिक मामिलामन्त्री रहेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ मा प्रदेश सभामा बजेट पेस गरेका बजेट समेत असार मसान्तसंगै निस्क्रिय भएको छ । प्रदेश सभाबाट बजेट ल्याउन पर्ने अवस्थामा समेत अव प्रदेश सरकारले शुन्यबाट नयाँ बजेट बनाउनुपर्ने कानुनी व्यवस्था छ । मुख्यमन्त्री सोडारीले आफ्नो तयार गरेको बजेट अध्यादेश मार्फत् भएपनि लागु गराउनु चाहन्थे । तर यो अवसर पनि उनले गुमाइसकेका छन् ।

प्रदेश सरकारले पेश्की बजेट ल्याउन प्रदेश सभामा बहुमत नपुग्ने अवस्थामा मुख्यमन्त्री सोडारीको सरकारलाई अध्यादेश मात्रै एउटा विकल्प थियो । अध्यादेशको बाटो समेत बन्द भएपछि सोडारीले राजीनामा दिनुको विकल्प नरहेको कांग्रेस एमाले गठबन्धनको तर्क छ ।
असार २० गते एमालेले समर्थन फिर्ता लिएर आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएपछि सोडारीको सरकार अल्पमतमा छ । तर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएर मात्रै सरकार छोड्ने रतानमा छन् । समर्थक दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्रै विश्वासको मत लिनु पर्ने संविधानको सुविधालाई पूर्ण रुपमा प्रयोग गर्न चाहेका मुख्यमन्त्री सोडारीको साउन १९ भन्दा पहिले सरकार छोड्न चाहन्नन् । पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले समय सकिनु भन्दा आधा अण्डा पहिले र पूर्व मुन्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले एक घण्टा अगाडि मात्रै राजीनामा दिएको बताउँदै प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलले सोडारी नेतृत्वको सरकारले एक दिन अगाडि मात्रै सरकार छोड्ने जनाए ।

तर नयाँ गठबन्धनले सोडारीलाई छिटो भन्दा छिटो राजीनामा दिनुपर्ने परिस्थिति निर्माणमा जोडतोडका साथ लागेका छन् । त्यही प्रयास स्वरुप उनीहरुले बजेट अध्यादेश ल्याउन बजेट अधिवेशन अन्त्य भएलगत्तै विशेष अधिवेशन माग गरे । प्रदेश प्रमुख मियाँले बजेट अध्यादेश ल्याउने बाटो बन्द गर्नकै निम्ति विशेष अधिवेशन डाँकेका छन् ।

बहुमतको आधारमा प्रदेश प्रमुख मियाँले प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरेपनि प्रदेश सभासंग विजनेश छैन । प्रदेश सभाको यसअघिका चार वटा अधिवेशन सरकार बनाउने र गिराउने बाहेकको विजनेश पाउन सकेको थिएन । दोस्रो कार्यकालमा प्रदेश सभाले एउटा बजेट पारित गर्नुका साथै केही ऐन संशोधन विधेयक मात्रै पारित गरेको छ । प्रदेश सभाका एक जना अधिकारीका अनुसार प्रदेश सभामा अहिले विजनेश छैन । प्रदेश सभाको तेस्रो अधिवेशनमा एउटा विधेयक र ३ वटा संशोधन विधेयक दर्ता भएको थियो । दुई वटा संशोधन विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ भने एउटा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ भने स्थानीय सेवा गठन, सञ्चालन तथा सेवा सम्बन्धि विधेयक दर्ता भएपनि अगाडि बढ्न सकेको छैन ।

बिजनेश नै नभएको बेला बोलाइएको विशेष अधिवेशनको कार्यसूचि बारे छलफल गर्न सभामुख भीमबहादुर भण्डारीले सोमबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसाए । तर कार्य व्यवस्था समितिले बिजनेश नै नभएकोले मंगलबार २ बजे बोलाइएको बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आव्हान गरी प्रदेश सभालाई पठाएको पत्र पढेर सुनाउने कार्यसूचि मात्रै राख्ने निर्णय गरेको छ ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले विशेष अधिवेशन रहेकाले अधिवेशन आव्हान गर्नुको कारणमै सीमित रहेर छलफल गर्ने निर्णय गरेको बताए । उनले विशेष अधिवेशन माग गर्ने सांसद्हरुसंग लिखित रुपमै विशेष अधिवेशन माग गर्नुको कारण सोधी सोही अनुसार प्रदेश सभा बैठकको कार्यसूचि तय गर्ने निर्णय भएको बताए ।

सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

समाचार

सबै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.