धनगढी । नेकपा माओवादी केन्द्र धनगढी उपमहानगर कमिटीले जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
३०औं जनयुद्ध दिवसको अवसरमा आगामी फागुन १ गते धनगढीको पार्कमोडमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको हो ।
हरेक वर्ष विविध कार्यक्रम गरि जनयुद्ध दिवस मनाउँदै आएको र यस वर्ष रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिने माओवादी केन्द्र धनगढी उपमहानगर कमिटी उपाध्यक्ष रमेश भट्टराईले बताए ।
उनले जनयुद्ध कै जगमा देशमा आमूल परिवर्तन भएको बताउँदै यस दिवसलाई उल्लासमय बनाउन कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ ।













