धनगढी । कैलालीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
बिहिवार जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरगाउँका सेवन रानाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा खाल्डोमा डुबि रानाको मृत्यु भएको जनाइएको छ।














