धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-९ बंग्राकटानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका विभिन्न सामान बरामद गरेको छ।
सोमबार अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले रु १ लाख ३८ हजार ९ सय ५० बराबरका बेवारिसे अवस्थामा रहेको अटोका पार्टपुर्जा, किराना लगायतका सामान फेला पारेको हो।
उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।














