दोलखा । भिमेश्वर नगरपालिका ३ को एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ९० रूपैयाँ, १ बुक तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













