धनगढी । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्ट नै भएको बताएका छन् ।
प्रेस सेन्टर नेपाल,कैलालीले शनिबार धनगढी बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सञ्चारकर्मीको प्रश्नमा उनले भने ‘प्रकृयागत हिसाबले लामो समय लम्बिनु पर्ने बिषय होइन् । हाम्रो पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्ट नै हो । ’
उनले भने ‘यसलाई औपचारिक रुपमा निर्णय गरेर सम्बन्धित पक्ष प्रदेश सभालाई दिन बाँकी छ । त्यो प्रकृया पूरा हुन्छ ।’
केही महिनाअघि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता परिवर्तन भएको थियो । हाल माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता मानबहादुर धामी छन् ।














