काठमाडौं । दाङ तुल्सीपुर उपमहानगरपालिका-१ कुमाल गाउँ भम्के बस्ने ५५ वर्षीय लोक बहादुर परियार सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
प्युठान नौबहिनी गाउँपालिका-६ सिरसेनी बस्ने ४७ वर्यीय रेकम सिङ केसी सोही ठाउँस्थित आफ्नै पहिरा खोला निजि वनको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ निसीखोला गाउँपालिका-१ देवस्थानस्थित निसीखोलाको बाँधमा सोही गाउँपालिका-१ लेवाङ बस्ने ८० वर्षीया रूपी विक बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
सर्लाही, बलरा नगरपालिका-१० सुदामा बस्ने ७५ वर्षीय गरभु हजारी सोही ठाउँस्थित मनुसमारा खोलाको किनारामा बिहीबार मृत अवस्थामा फेला परेका छन्
मृत अवस्थामा ४ जना फेला
मृत अवस्थामा ४ जना फेला
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













