अछाम । अटोको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार साँझ अछामको साँफेबगर ७रिडिकोट स्थित साँफे-मंगलसैन सडक खण्डमा सु.प.प्र.०१-००१ ह ६४२३ नम्बरको अटोले सोही ठाउँ बस्ने पैदल यात्री बर्ष ५५ की जनक शाह (महिला) लाई सडक क्रस गर्ने क्रममा ठक्कर दिदा मृत्यु भएको हो ।
गम्भिर घाईते भई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम लगिएकोमा उपचारको क्रममा दिउँसो नै उनको मृत्यु भएको र अटो र अटो चालक बान्निगढी जयगढ गा.पा.४ तिमिलसैन बस्ने बर्ष २४ को बिशाल बोहरालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।














